तोलामा १२ सयले घट्यो सुनको मूल्य

काठमाडौं— स्थानीय बजारमा पहेँलो धातुको मूल्य आइतबार तोलामा एक हजार दुई सयले ओरालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार तोलामा एक लाख ५३ हजारमा कारोबार भएको छापावाला सुन आइतबारका लागि भने एक लाख ५२ हजार एक सय निर्धारण भएको छ।
यस्तै चाँदीको मूल्य तोलामा ४५ रुपैयाँले घटेको छ। शुक्रबार प्रतितोला एक हजार सात सय ९५ मा कारोबार भएको चाँदी आइतबारका लागि भने एक हजार सात सय ५० रुपैयाँ निर्धारण भएको छ।
प्रकाशित मिति: आइतबार, भदौ २३, २०८१ ११:२७