News Griha :: न्यूजगृह
सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

काठमाडौं— आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ।

बिहीबार सुन तोलाको एक लाख ५२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यसअघि सोमबार, मङ्गलबार र बुधबार पनि सुनको मूल्य १ लाख ५२ हजार रुपैयाँ मै कारोबार भएको थियो।

त्यस्तै आज चाँदीको मूल्य भने बढेको छ।

आज चाँदी तोलाको १० रुपैयाँले बढेर १७ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, भदौ २०, २०८१  ११:३६
Weather Update