
काठमाडौं— अनलाइन सपिङ प्लेटफर्म दराज नेपालले ९.९ वार्षिकोत्सव अभियान सार्वजनिक गरेको छ। कार्यक्रममार्फत उपभोक्ताले ६० प्रतिशतसम्मको फ्ल्यास सेल छुट, निःशुल्क डेलिभरी र १ करोड बराबरको भौचर सुविधा प्राप्त गर्नसक्ने दराजले जानकारी दिएको छ।
सेप्टेम्बर ९ (भाद्र २४, २०८१) देखि सेप्टेम्बर ११ (भाद्र २६, २०८१) सम्म चल्ने यस अभियानमार्फत नेपाली उपभोक्तालाई किनमेलको रोमाञ्चक अनुभव प्रदान गर्ने लक्ष्य कम्पनीले लिएको छ।
यस ९.९ वार्षिकोत्सव अभियानको प्रमुख आकर्षणहरुमध्ये एकको रूपमा, खरिदकर्ताहरूले न्यूनतम मूल्य ४ सय ९९ रुपैयाँ बराबरका उत्पादनहरूको खरिद गर्दा छानिएका बिक्रेताहरूमार्फत उपभोक्ताका घरको ढोकैसम्म निःशुल्क डेलिभरीको सुविधा प्राप्त गर्न सक्नेछन्।
यसका लागि उपभोक्ताले दराज एपको होमपेजमा उपलब्ध ‘फ्रि डेलिभरी’ ब्यानरमा क्लिक गरी ‘फ्रि डेलिभरी’ भौचरहरू सङ्कलन गर्न सक्नेछन्।
साथै, दराजका खरिदकर्ताहरूले अभियान अवधिभर दैनिक रूपमा फ्ल्यास सेलबाट सबैभन्दा कम मूल्यमा विभिन्न क्याटेगोरी तथा सेटाफिल, बोट, एक्स–एज र पिलग्रिम लगायत साझेदार ब्रान्डहरूमार्फत ६० प्रतिशतसम्म छुटमा विशेष अफरहरूको मज्जा पनि लिन सक्नेछन्।
त्यसैगरी, दराज एपमा दैनिकरुपमा अपडेट हुने फ्ल्यास सेल सेक्सनमार्फत खरिदकर्ताहरूलाई उत्पादनहरुको खरिद गर्दा थप बचत गर्ने अवसर सदा झैँ कायम रहने पनि कम्पनीले जानकारी दिएको छ।