नेप्सेमा दोहोरो अंकको गिरावट, ७ अर्बको कारोबार
काठमाडौं— नेप्सेमा आज १३ अङ्कको गिरावट आएको छ । मंगलबार नेप्सेमा १३.०९ अङ्कको गिरावट आउँदा २६३२.९४ विन्दुमा रोकिएको छ।
आज ३२८ कम्पनीको कारोबार हुँदा एक करोड ९० लाख ७७ हजार ५८३ कित्ता शेयर ७ अर्ब २४ करोड ५५ लाख ६८ हजार ४२१ को खरिद बिक्री भएको छ।
नेप्सेका अनुसार आज मानुषी लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। त्यस्तै, आज सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किमको मूल्य सबैभन्दा बढी ८.८२ प्रतिशतले घटेको छ।
आज सबैभन्दा बढी हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्टको सबै भन्दा बढी २९ करोड ८१ लाख ५४ हजार ७७ बराबरको शेयर कारोबार भएको छ।
प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१ १५:३७