तोलामा एक सयले घट्यो सुनको मूल्य
काठमाडौं— स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा एक सयले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला एक लाख ५३ हजार चार सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ५३ हजार तीन सय रुपैयाँ निर्धारण भएको छ।
बुधबार सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेर कीर्तिमान कायम गरेको थियो।
यस्तै चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ। बुधबार प्रतितोला एक हजार सात सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने एक हजार सात सय ९५ रुपैयाँ निर्धारण भएको छ।
प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१ १२:३७