कृषि ज्ञान केन्द्र वीरगन्जमा कर्मचारी नहुँदा सेवा प्रभावितशनिबार, असोज १३, २०८०

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर शनिबार, असोज १३, २०८० नेपाल राष्ट्र बैंकले आज शनिबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज युरो एकको खरिद दर १४० रुपैयाँ ४७ पैसा र बिक्री दर १४१ रुपैयाँ ११ पैसा रहेको छ ।

चितवनमा दूध बजारीकरणमा समस्या शनिबार, असोज १३, २०८० दसैँ, तिहार, छठ नजिकिँदै गर्दा दुग्धजन्य परिकारको खपत बढाउन आग्रह गरिएको छ । जिल्ला दुग्ध उत्पादक सहकारी संघले चाडपर्वमा दुग्धजन्य उत्पादन, दही, बटर, घ्यू, पनिरजस्ता वस्तुको खपत गर्न आग्रह गरेको हो ।संघका अध्यक्ष किशोर बगालेले चाडपर्वमा दुग्धजन्य उत्पादनको खपत गरी दूधको बजारीकरणलाई सहयोग गर्न अनुरोध गरे । अहिले दूधको...

चाडबाडलक्षित बजार अनुगमन गर्न संसदीय समितिको निर्देशन शुक्रबार, असोज १२, २०८० प्रतिनिधि सभा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले नजिकिँदै गएको चाडबाडलाई लक्षित गरी बजारमा हुनसक्ने मूल्य वृद्धि र कालोबजारीको अनुगमनलाई प्रभावकारी तुल्याउन निर्देशन दिएको छ ।

निर्वाहमुखी कृषि प्रणाली परिर्वतन नभएसम्म विकास सम्भव छैन : स्वर्णिम वाग्ले शुक्रबार, असोज १२, २०८० सांसद तथा अर्थशास्त्री डा.स्वर्णिम वाग्लेले निर्वाहमुखी कृषि प्रणालीबाट परिर्वतन नभएसम्म विकास सम्भव नभएको बताएका छन् ।‘नेपालको आर्थिक कूटनीतिको भूत र भविष्य’ विषयक अन्तर्कियामा उनले नेपालमा अझै पनि अन्य क्षेत्रको तुलनामा कृषि क्षेत्र उत्पादनमुखी र आशा बोकेको क्षेत्र भएपनि यसलाई आधुनिकीकरण गर्न नसकिएको बताए ।उनले वर्षभरी काम गरेर खान...

खाद्यले बेच्यो कुहिएको चामल शुक्रबार, असोज १२, २०८० खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सिमकोट शाखाले हुम्लाको नाम्खा गाउँपालिका–५ मुचुगाउँका स्थानीयलाई कुहिएको चामल बिक्री गरेको पाइएको छ । केही दिनअघि लिमिटेडले सप्लायर्समार्फत काठमाडौंबाट केरुङनाका हुँदै तिब्बती मार्गबाट हिल्सामा सो खाद्यान्न ढुवानी गरेको थियो ।

अर्थ समितिको कार्यविधि स्वीकृत शुक्रबार, असोज १२, २०८० अर्थ समितिको कार्यविधि, २०८० स्वीकृत भएको छ । मस्यौदामाथि दफावार छलफलपछि समितिको आजको बैठकले कार्यविधि स्वीकृत गरेको सभापति सन्तोष चालिसेले जानकरी दिए ।उनका अनुसार अर्थ मन्त्रालय, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय योजना आयोग र लगानी बोर्डको कार्यालय तथा मातहतका कार्यालय समितिको कार्यक्षेत्रभित्र पर्दछन् ।
सुनको मूल्य घट्यो, चाँदीको कति ? शुक्रबार, असोज १२, २०८० नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य तोलामा ८०० रुपैयाँ घटेको छ । छापावाल सुन तोलाको एक लाख आठ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।
![आजको विदेशी मुद्राको विनिमय दर कति ? [सूचीसहित]](https://newsgriha.com/uploads/posts/520X390/exchange-rate-dollor-foren-currency1683941338.jpeg)
आजको विदेशी मुद्राको विनिमय दर कति ? [सूचीसहित] शुक्रबार, असोज १२, २०८० जसका अनुसार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ८० पैसा र बिक्री दर १३३ रुपैयाँ ४० पैसा पुगेको छ भने, युरो एकको खरिद दर १३९ रुपैयाँ ८९ पैसा र बिक्री दर १४० रुपैयाँ ५२ पैसा रहेको छ ।

सुर्खेत–हिल्सापछि कर्णाली र भेरी करिडोरका सडक बनाउँछौँ : कार्यवाहक प्रधानमन्त्री खड्का बिहीबार, असोज ११, २०८० कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले सरकारले सुर्खेत–हिल्सा सडक निर्माणमा जोड दिने बताएका छन् ।

‘विराटनगरमा अन्तर्राष्ट्रिय विमानस्थल भए आर्थिक चहलपहल बढ्छ’ बिहीबार, असोज ११, २०८० कोशी प्रदेशको राजधानी विराटनगरमा अन्तर्राष्ट्रिय स्तरको विमानस्थल निर्माण भए प्रदेशको पर्यटन प्रवर्द्धनमा मद्दत पुग्ने पर्यटन व्यवसायीहरूले बताएका छन् ।विराटनगरमा आयोजित कार्यक्रममा सहभागी व्यवसायीले अन्तर्राष्ट्रिय विमानस्थल बन्न सके पर्यटन प्रवर्द्धनमा कोसेढुंगा साबित हुने बताए ।

सुनको मूल्यका भारी गिरावट बिहीबार, असोज ११, २०८० नेपाली बजारमा बिहीबार सुनको मूल्यमा भारी गिरावट आएको छ । बुधबार प्रतितोला आठ सय रुपैयाँ घटेको सुनको मूल्य बिहीबार प्रतितोला एक हजार चार सय रुपैयाँ घटेको हो ।

मापदण्डविपरीत व्यवसाय गर्नेलाई जरिवाना बिहीबार, असोज ११, २०८० मापदण्डविपरीत व्यवसाय गर्ने दक्षिणी रसुवाका दुई व्यवसायीलाई कारबाही गरिएको छ ।