News Griha :: न्यूजगृह
सुन आयातको कोटा बढ्यो, अब बैंकहरूले दैनिक २० किलोसम्म आयात गर्न पाउने
सुन आयातको कोटा बढ्यो, अब बैंकहरूले दैनिक २० किलोसम्म आयात गर्न पाउने नेपाल राष्ट्र बैंकले बुधबार ‘एकीकृत परिपत्र–२०७९’ मा संशोधन गर्दै आयात गर्न सकिने सुनको परिमाण बढाएको हो । यसअघि दैनिक १० किलोसम्म सुन आयात गर्न सकिने व्यवस्था थियो । योसँगै अब बैंकहरूले दैनिक २० किलो सुन आयात गर्न पाउनेछन्  ।
प्रधानमन्त्री–मन्त्रीकाे विदेश भ्रमणले खर्च बढायो : योगेश भट्टराई
प्रधानमन्त्री–मन्त्रीकाे विदेश भ्रमणले खर्च बढायो : योगेश भट्टराई सार्वजनिक लेखा समितिका सदस्य योगेश भट्टराईले प्रधानमन्त्री–मन्त्रीको विदेश भ्रमणसँगै खर्च पनि बढेको बताएका छन् । बुधबार सार्वजनिक लेखा समितिको बैठकमा उनले विदेश भ्रमणका क्रममा जम्बो टोल जाँदा यसले खर्च बढाएको बताएका हुन् ।
नेप्सेमा दोहोरो अंकको गिरावट, सन् नेपाल लाइफकाे शेयर सर्वाधिक कारोबार
नेप्सेमा दोहोरो अंकको गिरावट, सन् नेपाल लाइफकाे शेयर सर्वाधिक कारोबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा मंगलबार दोहोरो अंकको वृद्धि भएकोमा बुधबार भने दोहोरो अंकले नै गिरावट आएको छ ।मंगलबार १८ दशमलव ४५ अंकले बढेर दुई हजार २२ दशमलव ९१ को बिन्दुमा कायम भएको थियो । बुधबार नेप्से १८.६० अंकको गिरावट हुँदा २००४.३० को विन्दुमा बन्द भएको छ ।
ऊर्जामन्त्री भन्छन्— अब उद्योगमा विद्युतको समस्या हुँदैन
ऊर्जामन्त्री भन्छन्— अब उद्योगमा विद्युतको समस्या हुँदैन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपालगञ्जमा उद्योग सञ्चालनका लागि अब विद्युत्को समस्या नहुने बताएका छन् ।नेपालगञ्ज उद्योग वाणिज्य संघले बुधबार नेपालगञ्जका उद्योगी व्यापारीसँग आयोजना गरेको भेटघाट कार्यक्रममा उनले बाँकेमा देखिँदै आएको लामो समयदेखिको विद्युत् समस्या समाधान गर्न कोहलपुर–नेपालगञ्ज १३२ केभी प्रसारण लाइन आयोजनाको निर्माण गरेर सञ्चालन गरिने बताए...
जहाज खरिदमा अनियमितता हुँदैन : मन्त्री किराती
जहाज खरिदमा अनियमितता हुँदैन : मन्त्री किराती संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एअरलाइन्स) को जहाज खरिद प्रक्रिया अन्तिम चरणमा रहेको बताएका छन् ।
सुनको मूल्यमा निरन्तर गिरावट, तोलाको कति ?
सुनको मूल्यमा निरन्तर गिरावट, तोलाको कति ? नेपाली बजारमा सुनको मूल्यमा निरन्तर गिरावट आएको छ । सोमबार स्थिर र मंगलबार घटेको सुनको मूल्य बुधबार पनि घटेर प्रतितोला एक लाख ११ हजारमा कारोबार भइरहेको छ । मंगलबार प्रतितोला सुन एक लाख ११ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर 
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर  जसअनुसार, अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ८८ पैसा र बिक्री दर १३३ रुपैयाँ ४८ पैसा पुगेको छ । युरो एकको खरिद दर १४० रुपैयाँ ८५ पैसा र बिक्री दर १४१ रुपैयाँ ४८ पैसा रहेको छ।
नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि, हाइड्रोमा लगानीकर्ताको चासो
नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि, हाइड्रोमा लगानीकर्ताको चासो नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक १८ दशमलव ४५ अंकले बढेर दुई हजार २२ दशमलव ९१ को बिन्दुमा कायम भएको हो । आज विभिन्न कम्पनीका दुई सय ८६ कम्पनीको ८७ लाख चार हजार चार सय ७७ कित्ता शेयर ७८ हजार छ सय...
अर्थतन्त्रप्रति सांसदको चिन्ता, बेरुजु घटाउन सुझाव
अर्थतन्त्रप्रति सांसदको चिन्ता, बेरुजु घटाउन सुझाव सार्वजनिक लेखा समिति सदस्यले देशको आर्थिक अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन् । मंगलबार बसेको सो बैठकमा उनीहरुले वर्तमान अर्थतन्त्रप्रति चिन्ता व्यक्त गर्दै यसको सुधारका लागि आवश्यक पहल थाल्न ध्यानाकर्षण गराएका छन् ।
उपभोक्ताको सुरक्षालाई प्राथमिकतामा राखेर ग्यास बजारमा ल्याउन आपूर्तिमन्त्री रिजालको आग्रह
उपभोक्ताको सुरक्षालाई प्राथमिकतामा राखेर ग्यास बजारमा ल्याउन आपूर्तिमन्त्री रिजालको आग्रह उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सबै ग्यास उद्योगलाई उपभोक्ताको सुरक्षालाई प्राथमिकतामा राखेर ग्यास  बजारमा ल्याउन आग्रह गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित नेपाल एलपी ग्यास उद्योग संघको २८औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् ।
मंगलबार सुनको मूल्य घट्यो
मंगलबार सुनको मूल्य घट्यो नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । सोमबार स्थिर रहेको सुनको मूल्य मंगलबार तोलामा चार सय रुपैयाँ घटेर एक लाख ११ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार प्रतितोला एक लाख १२ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।
Weather Update