भोजपुरका किसानको रोजाइमा चिराइतो खेती, गर्छन् वार्षिक १५ लाखको व्यापारशनिबार, भदौ २३, २०८०
सातामा प्रतितोला दुई सय रुपैयाँले घट्यो सुनको मूल्य शनिबार, भदौ २३, २०८० गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ५०० रुपैयाँ थियो । यस्तै, उक्त साता तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ९५० रुपैयाँ थियो । जुन यो साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ३०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख...
शनिबार विदेशी मुद्राको विनिमय दर कति ? शनिबार, भदौ २३, २०८० नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ४२ पैसा र बिक्री दर १३३ रुपैयाँ ०२ पैसा पुगेको छ ।
१० अर्बको विकास ऋणपत्र निष्कासन गर्दै राष्ट्र बैंक शुक्रबार, भदौ २२, २०८० नेपाल राष्ट्र बैंकले १० अर्ब बराबरको विकास ऋणपत्र निष्कासन गर्ने भएको छ । सरकारको तर्फबाट आन्तरिक ऋण उठाउन राष्ट्र बैंकले छ वर्ष अवधिको विकास ऋणपत्र २०८६ ‘झ’ निष्कासन गर्न लागेको हो ।
वाह्य लगानी भित्र्याउन छिट्टै लगानी सम्मेलन गर्छौँः अर्थमन्त्री महत शुक्रबार, भदौ २२, २०८० अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा छिट्टै लगानी शिखर सम्मेलन गर्ने घोषणा गरेका छन् । शुक्रबार सिंहदरबारमा आयोजित लगानी बोर्डको १२ औं वार्षिकोत्सवको कार्यक्रममा उनले विश्व बजारमा सूचना प्रविधिको क्षेत्रमा स्थापित कर्पोरेट कम्पनीहरूको लगानी समेत नेपालमा भित्र्याउने गरी शिखर सम्मेलन आयोजना गर्न लागिएको बताए ।
तीन सय रुपैयाँले बढ्यो सुनको मूल्य शुक्रबार, भदौ २२, २०८० नेपाली बजारमा सुनको मूल्य तीन सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला तीन सय रुपैयाँले बढेर १ लाख १२ हजार ३०० र तेजाबी सुन १ लाख ११ हजार ७५० रुपैयाँ कायम छ ।
आज विदेशी मुद्राको विनिमय दर कति ? शुक्रबार, भदौ २२, २०८० नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
कृषिमन्त्री भुसालकाे दाबी— कृषि यान्त्रिकरण नीति ७७ जिल्लामै लागु गरिएको छ बिहीबार, भदौ २१, २०८० उनले परियोजनाको क्षेत्रमा नपरेका किसानको लागि कृषियन्त्र खरिद गर्दा ५० प्रतिशत अनुदानको व्यवस्था गरेको भन्दै फार्म, कृषक समूह, सहकारीलाई प्राविधिक तालिम, औजार मर्मत तालिम पनि उपलब्ध गराएको बताए ।
अर्थमन्त्री डा.महत भन्छन्— शेयर मार्केटमा विस्तारै सुधार देखिन्छ बिहीबार, भदौ २१, २०८० अर्थमन्त्री डा.प्रकाशशरण महतले अर्थतन्त्रमा सकारात्मक संकेत देखिएको दाबी गरेका छन् ।
उड्डयन प्राधिकरणले ल्यायो साढे ३६ अर्बको बजेट बिहीबार, भदौ २१, २०८० प्राधिकरण सञ्चालक समितिको बैठकले चालु आवका लागि ३६ अर्ब ६६ करोड ६४ लाख बजेट स्वीकृत गरेको हो । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार प्राधिकरणले उड्डयन तथा हवाई सुरक्षा सुदृढीकरण, पूर्वाधार विकास, विमानस्थल सञ्चालन लगायत प्राथमिकताका क्षेत्र निर्धारण गरी चालु आर्थिक वर्षको बजेट बिनियोजन गरिएको छ ।
४ सयले सस्तियो सुन, प्रतितोला एक लाख १२ हजार रुपैयाँमा कारोबार बिहीबार, भदौ २१, २०८० नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार चार सय ५० तोकिएको छ । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २० ले घटेर एक हजार चार सय १० तोकिएको महासङ्घले जनाएको छ ।
महामन्त्री थापा भन्छन्— पर्यटन क्षेत्रका समस्या समाधान गर्न कांग्रेस लाग्नेछ बुधबार, भदौ २०, २०८० नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पर्यटन क्षेत्रमा देखिएका समस्या समाधानमा कांग्रेस लाग्ने बताएका छन् ।
थप ११ कम्पनीले पाए धितोपत्र कारोबार सदस्यता बुधबार, भदौ २०, २०८० नेपाल स्टक एक्सचेन्ज लिमिटेडले थप ११ व्यवसायीलाई धितोपत्र कारोबार सदस्यता दिएको छ । सीमित कार्य गर्ने धितोपत्र दलालका रूपमा यी कम्पनीलाई स्टक एक्सचेन्जले अनुमति दिएको हो ।