News Griha :: न्यूजगृह
कुन तरकारी कति रुपैयाँ किलोमा भइरहेको छ कारोबार ?

काठमाडौं— कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारको लागि मूल्य तोकेको छ । जसअनुसार सोमबार भारतीय गोलभेँडा (ठूलो), परवर र झिगूनी प्रतिकेजी ४५ रुपैयाँ, लोकल सानो गोलभेँडा र भिन्डी प्रतिकेजी ५५ रुपैयाँ रहेको छ ।

त्यसैगरी टनेल गोलभेँडा ७० रुपैयाँ, भारतीय सानो गोलभेँडा ५० रुपैयाँ, मुडेको रातो आलु ५७ रुपैयाँ, सेतो आलु ४६ रुपैयाँ ५० पैसा, सुकेको प्याज ७५ रुपैयाँ ८० पैसा, तराई गाँजर ८६ रुपैयाँ ६७ पैसा रहेको छ ।

समितिले स्थानीय काउली ८२ रुपैयाँ, तने बोडी र भटमासकोशा ७५ रुपैयाँ, मटरकोशा ३३५ रुपैयाँ, राजमा घिउ सिमी १७० रुपैयाँ तोकिएको जनाएको छ ।

चिचिण्डो प्रतिकेजी ३६ रुपैयाँ ६७ पैसा, घिरौँला ६६ रुपैयाँ, बरेला १२६ रुपैयाँ ६७ पैसा, स्कूस १२ रुपैयाँ, रायोको साग ५६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ १२६ रुपैयाँ, डल्ले च्याउ ३७५ रुपैयाँ, कुरीलो ४३३ रुपैयाँ ३३ पैसा, न्यूरो ८६ रुपैयाँ ६७ पैसा, ब्रोकाउली २८३ रुपैयाँ ३३ पैसा, चुकुन्दर ७६ रुपैयाँ ६७ पैसा, रातो बन्दा ४२५ रुपैयाँ, सेलरी ३५० रुपैयाँ, पार्सले ५५० रुपैयाँ, पुदीना ५६६ रुपैयाँ ६७ पैसा, गुन्द्रुक २७५ रुपैयाँ तोकिएको छ ।

त्यसैगरी फूजी स्याउ ३४० रुपैयाँ, कागती २३५ रुपैयाँ, कालो अंगुर ४२५ रुपैयाँ, अनार ४३५ रुपैयाँ, लोकल काँक्रो ८० रुपैयाँ, शरीफा र अकबरे खुर्सानी २५० रुपैयाँ, आभोकाडो ३०० रुपैयाँ र अदुवा १७० रुपैयाँ रहेको समितिले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, असोज १५, २०८०  ०९:५८
Weather Update