आज कुन देशको मुद्राको सटही दर कति ? शनिबार, असोज २०, २०८०

पञ्चेश्वरको डीपीआर टुङ्गो लगाउन नेपाल-भारत संयुक्त विज्ञ समूहको बैठक सुरु शुक्रबार, असोज १९, २०८० शुकबारदेखि काठमाडौंमा सुरु भएको बैठकमा नेपालका तर्फबाट जल तथा ऊर्जा आयोगका सचिव सुशीलचन्द्र तिवारीको नेतृत्वको प्रतिनिधिमण्डल सहभागी छ । यस्तै, भारतीय जल आयोग (सेन्ट्रल वाटर कमिशन) का अध्यक्ष कुशविन्दर बोहोरा नेतृत्वको प्रतिनिधिमण्डल सहभागी छ ।

अर्थतन्त्रमा देखिएका समस्या समाधान हुँदैछन् : महत शुक्रबार, असोज १९, २०८० महतले भने, 'अब आर्थिक सङ्कटको अन्त्य हुने आशाका किरण देखा पर्दैछन् । मुलुकमा रहेको आर्थिक सङ्कट धेरै समय रहँदैन ।' आर्थिक सङ्कटको अन्त्य गर्न सरकारले नीतिगत योजना बनाएको उल्लेख गर्दै उनले भने, प्राथमिकताका आधारमा लगानी गर्ने, जग्गाको कारोबार बढाउन प्रक्रियागत सुधार गर्ने र व्यवसायीलाई लगानीको वातावरण बनाउन सरकार लागि परेको...

नेपाल र रोमानियाबीच श्रम सम्झौता शुक्रबार, असोज १९, २०८० नेपाल र रोमानिया बीचको कूटनीतिक सम्बन्ध कायम भएको ५५ वर्ष पछि दुई देशबीच श्रम सम्झौता भएको मन्त्रालयले जनाएको छ । सम्झौता अनुसार नेपालमा रोमानियाका लागि राजदूतावास स्थापना गर्ने, आप्रवासी कामदारको माग प्रमाणीकरण, प्रवेशाज्ञा जारी गर्न लाग्ने गरेको लामो समयावधि तथा श्रम स्वीकृतिका कार्यलाई थप सरलीकरण गर्न, रोमानियामा नेपाली श्रमिकहरूका लागि...
आज सुनचाँदीको मूल्य स्थिर शुक्रबार, असोज १९, २०८० शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

सरकारलाई थोरै स्रोत साधानले धेरै काम गर्नुपर्ने चुनौती र दबाब छ : अर्थमन्त्री महत शुक्रबार, असोज १९, २०८० अर्थमन्त्री प्रकाशशरण महतले सरकारलाई थोरै स्रोत साधानले धेरै काम गर्नुपर्ने चुनौती रहेको बताएका छन् ।

बढ्यो पाउण्ड र युरोको मूल्य शुक्रबार, असोज १९, २०८० जसका अनुसार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९१ पैसा र बिक्री दर १३३ रुपैयाँ ५१ पैसा पुगेको छ भने, युरो एकको खरिद दर १३९ रुपैयाँ ८२ पैसा र बिक्री दर १४० रुपैयाँ ४५ पैसा रहेको छ ।

आगामी वर्ष नेपालको आर्थिक वृद्धिदर बढ्ने बिहीबार, असोज १८, २०८० विश्व बैंकले आगामी वर्षमा नेपालको आर्थिक वृद्धिदर विस्तार हुने अनुमान गरेको छ । बिहीबार काठमाडौंमा दक्षिण एसियाली विकास अपडेट र नेपाल विकास अपडेट २०२३ सार्वजनिक गर्दै विश्व बैंकले सन् २०२४ मा नेपालको आर्थिक वृद्धिदर तीन दशमलव नौ प्रतिशत रहने प्रक्षेपण गरेको हो । यस वर्ष भने नेपालको कुल गार्हस्थ्य वृद्धिदर...

नेपाल एअरलाइन्सले अष्ट्रेलिया, कोलम्बो र सिओल उडान गर्ने बिहीबार, असोज १८, २०८० राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एअरलाइन्स)ले अष्ट्रेलियाको सिड्नी, श्रीलङ्काको कोलम्बो र दक्षिण कोरियाको सिओलमा सिधा हवाई उडान सञ्चालन गर्ने भएको छ । निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले छिट्टै सिड्नी, कोलम्बो र सिओलमा उडान भर्ने गरी कार्ययोजना बनाइएको जानकारी दिए ।

नेपाल वायुसेवा निगम र निजी क्षेत्रबीच सहकार्य पक्का बिहीबार, असोज १८, २०८० नेपाल वायुसेवा निगमले निजी क्षेत्रसँग सहकार्य गर्ने भएको छ । बिहीबार काठमाडौंमा कार्यक्रम आयोजना गरी नेपाल वायुसेवा निगम र चार निजी क्षेत्रबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

चाडबाड नजिकिएसँगै तातोपानी नाकामा बढ्यो चहलपहल बिहीबार, असोज १८, २०८० दसैँ, तिहारलगायतका चाडपर्वलाई लक्षित गरेर व्यापारीले चीनबाट सामान आयात गर्न थालेपछि तातोपानी नाकामा चहलपहल बढ्दै गएको छ ।

रेष्टुरेन्ट र हवाइजहाज चलाउने एउटै ऐन हुँदा समस्या : मन्त्री किराती बिहीबार, असोज १८, २०८० संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपालमा रेष्टुरेन्ट चलाउने ऐन र हवाइजहाज चलाउने ऐन एउटै भएको बताएका छन् । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा बिहीबार भएको छलफलमा उनले हवाई कम्पनी वा हवाई क्षेत्रमा धेरै संकट भएको उल्लेख गरे ।

आगामी वर्ष नेपालकाे आर्थिक वृद्धि दर बढ्ने विश्व बैंककाे प्रक्षेपण बिहीबार, असोज १८, २०८० विश्व बैंकले सन् २०२३ मा नेपालको कूल गार्हस्थ्य उत्पादन (जीडीपी) वृद्धि दर एक दशमलव नौ प्रतिशतमा खुम्चिने अनुमान सार्वजनिक गरेको छ ।विश्व बैंकले साउथ एसिया डेभलपमेन्ट अपडेट र नेपाल डेभलपमेन्ट अपडेट, अक्टोबर २०२३ सार्वजनिक गर्दै नेपालको यस वर्षको तुलना आगामी वर्ष आर्थिक वृद्धि दर बढ्ने प्रक्षेपण गरेको हो ।