सरकारलाई थोरै स्रोत साधानले धेरै काम गर्नुपर्ने चुनौती र दबाब छ : अर्थमन्त्री महत
काठमाडौं— अर्थमन्त्री प्रकाशशरण महतले सरकारलाई थोरै स्रोत साधानले धेरै काम गर्नुपर्ने चुनौती रहेको बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित सार्वजनिक निजी साझेदारीमार्फत नेपालमा एचपीभी खोपको प्रवर्द्धन कार्यक्रममा उनले थारै स्रोत साधनलाई प्राथमिकताको आधारमा प्रयोग गर्नुपरेको बताए ।
उनले भने, ‘स्वास्थ्य विषयमा कुरा गर्दा आवश्यकता अत्यन्त धेरै, स्रोत र साधन भने न्यून छ । थाेरै स्रोत र साधनलाई प्राथमिकताको आधारमा प्रयोग गर्नुपर्ने चुनौती सरकारको अगाडि छ ।’
प्रकाशित मिति: शुक्रबार, असोज १९, २०८० १०:३९