नेप्से परिसूचकमा सामान्य अङ्कको सुधारसोमबार, कात्तिक १३, २०८०
सुनको मूल्य घट्यो सोमबार, कात्तिक १३, २०८० नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेर कारोबार भइरहेको छ । सोमबार छापावाल सुन १ लाख १६ हजार ५ सय रुपैयाँ कायम भएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १५ हजार ९५० रुपैयाँ कायम भएको छ ।
![यस्तो छ आज विदेशी मुद्राको विनिमय दर [सूचीसहित]](https://newsgriha.com/uploads/posts/520X390/exchange-rate-dollor-foren-currency1683941338.jpeg)
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर [सूचीसहित] सोमबार, कात्तिक १३, २०८० जसअनुसार आज बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ २४ पैसा र बिक्री दर १६२ रुपैयाँ ९७ पैसा तोकिदिएको छ । यस्तै, अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९० पैसा र बिक्री दर १३३ रुपैयाँ ५० पैसा रहेको छ ।

आयात बढ्दा निर्यात घट्यो आइतबार, कात्तिक १२, २०८० चालु आर्थिक वर्षको तेस्रो महिनासम्ममा मुलुकले चार खर्ब सात अर्ब ७५ करोड ८९ लाख बराबरको माल वस्तुको आयात गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा चार खर्ब ९९ करोड बराबरको वस्तु आयात भएको थियो । गत आवको तेस्रो महिनाको तुलनामा चालु आवको तेस्रो महिनासम्म कूल आयात एक दशमलव ६९...

दसैँपछिको पहिलो कारोबार दिन नेप्सेमा दोहोरो अंकको गिरावट आइतबार, कात्तिक १२, २०८० दसैँपछिको पहिलो कारोबार दिन शेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । आइतबार नेप्से परिसूचक २८.१८ अंकले घटेर १८७५.६५ विन्दुमा बन्द भएको छ । जम्मा ७४ करोड २९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको १ लाख १६ हजार शुक्रबार, कात्तिक १०, २०८० महासघका अनुसार शुक्रबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख १६ हजार रूपैयाँ कायम भएको छ । दसैँ अघिको अन्तिम कारोबार (कात्तिक ३) का दिन छापावाल सुनको प्रतितोला मूल्य १ लाख १५ हजार ५०० रुपैयाँ थियो । दसैँपछि सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले महँगिएर नयाँ रेकर्ड बनाएको हो ।

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर शुक्रबार, कात्तिक १०, २०८० नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार आज बेलायती पाउण्ड एकको खरिद दर १६० रुपैयाँ ६४ पैसा र बिक्री दर १६१ रुपैयाँ ३६ पैसा तोकिएको छ ।

घट्यो खसी, च्याङ्ग्राको मूल्य बुधबार, कात्तिक ८, २०८० भक्तपुरको सल्लाघारीमा दसैँका लागि ल्याइएका च्याङ्ग्रा, भेडा, बोका, खसी बिक्री कम भएपछि व्यापारीले मूल्य घटाएका छन् । दसैँका लागि मात्रै बजार लाग्ने भक्तपुरको सल्लाघारी स्थित नेपाल ट्रष्टको नाममा रहेको ९९ रोपनी चौरमा भक्तपुर, काठमाडौं, काभ्रेदेखिका उपभोक्ताको भीड लागे पनि अपेक्षित रुपमा बिक्री कम भएपछि व्यापारीले आजबाट मूल्य घटाएका हुन् ।

दसैँमा मुस्ताङबाट २३ करोडको च्याङ्ग्रा निकासी सोमबार, कात्तिक ६, २०८० मुस्ताङबाट दसैँ पर्वलाई लक्षित गरेर २३ करोड मूल्य बराबरको च्याङ्ग्रा निकासी भएको छ । म्याग्दी, कास्की, पर्वत, बागलुङ, काठमाडौंलगायत जिल्लामा च्याङ्ग्रा निकासी भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङले जनाएको छ । केन्द्रका प्रमुख ऋषिराम पोखरेलले यस वर्ष दसैँका लागि ५ हजार ७५५ च्याङ्ग्रा निकासी भएको जानकारी दिए...

नेपाल वायुसेवा निगमका तीन जहाज खरिदका लागि बोलपत्र आह्वान आइतबार, कात्तिक ५, २०८० निगमले दुर्गम क्षेत्रमा उडानका लागि तीन ट्वीनअटर खरिद गर्न लागेको हो । ती जहाज निगमले आन्तरिक स्रोतबाट खरिद गर्ने जनाइएको छ । निगमसँग हाल आन्तरिक उडानतर्फ दुई वटा ट्वीनअटर जहाज छन् । आइतबार २२ अक्टुबरमा खुलाइएको बोलपत्रको अन्तिम म्याद ५ डिसेम्बरसम्म छ ।

आज विदेशी मुद्राको विनिमय दर कति ? शुक्रबार, कात्तिक ३, २०८० जसका अनुसार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९० पैसा र बिक्री दर १३३ रुपैयाँ ५० पैसा पुगेको छ भने, युरो एकको खरिद दर १४० रुपैयाँ ३३ पैसा र बिक्री दर १४० रुपैयाँ ९६ पैसा रहेको छ ।

सरकारले घटायो जिउँदो खसी र च्याङ्ग्राको मूल्य बिहीबार, कात्तिक २, २०८० सरकारले जिउँदो खसी र च्याङ्ग्राको बिक्री मूल्य घटाएको छ । जिउँदो खसीको मूल्य प्रतिकिलो २० रुपैयाँ र च्याङ्ग्राको मूल्य प्रतिकिलो २५ रुपैयाँ घटाएको हो । यो मूल्य भोलिदेखि लागू हुनेछ ।

भोलिसम्म निर्माण व्यवसायीको ६ अर्ब भुक्तानी हुने, अर्थले गर्यो परिपत्र बिहीबार, कात्तिक २, २०८० निर्माण व्यवसायीको भुक्तानी पाउने गरी अर्थ मन्त्रालयले नीतिगत निर्णय गरी सम्बन्धित कार्यालयमा परिपत्र गरिसकेको छ । उक्त भुक्तानी दसैँअघि नै निर्माण व्यवसायीका खातामा जाने गरी व्यवस्था गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।