अदालतको आदेशपछि लेकसाइड २४सै घण्टा खुल्ने, पर्यटन व्यवसायी उत्साहितबिहीबार, कात्तिक २३, २०८०

तिहारले बढायो सुनचाँदीको कारोबार बिहीबार, कात्तिक २३, २०८० चाडपर्वका बेला ग्राहकले नयाँ गहना किन्ने भएकाले पनि सुनचाँदीको कारोबार बढ्न थालेको छ । सामान्य अवस्थामा दैनिक १० किलो सुन बिक्री हुने गरेकामा अहिले २० किलोमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

तेस्रो दिन पनि बढ्यो शेयर बजार बुधबार, कात्तिक २२, २०८० पछिल्ला तीन दिन शेयर बजार लगातार बढेको छ । सोमबार २१, मंगलबार ११ अंक बढेको नेप्से बुधबार ५ अंक बढ्यो । ५.१७ अंक बढेर नेप्से १८६३ विन्दुमा कायम भएको छ ।

तिहारका लागि फूल र मालाको मूल्य निर्धारण मंगलबार, कात्तिक २१, २०८० निर्धारित गरिएको मूल्य अनुसार फूल र माला बिक्री भए नभएको अनुगमनका लागि स्थानीय निकाय र प्रशासनलाई अनुरोधसमेत गरिएको सङ्घका अध्यक्ष तेजेन्द्र सापकोटाले बताए । उनका अनुसार जिल्लामा हाल ५० बिघा क्षेत्रफलमा चाडपर्व लक्षित गर्दै फूलखेती गरिएको छ ।

शेयर बजारमा २१ अङ्कको वृद्धि, कारोबार रकम ९३ करोडमा सीमित सोमबार, कात्तिक २०, २०८० नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सोमबार २१ अङ्कको वृद्धि भएको छ । कारोबार सुरु भएदेखि नै बढ्न थालेको नेप्से परिसूचक अन्तिम समयसम्ममा १.१६ प्रतिशतले बढेर बन्द भएको हो । यससँगै, परिसूचक १८४७ अङ्कमा पुगेर रोकिएको छ ।

साल्ट ट्रेडिङ्गले खुद्रा व्यापारीलाई १० बोरा चिनी दिने, उपभोक्तालाई प्रतिकेजी १ सय १५ सोमबार, कात्तिक २०, २०८० उद्योगीबाट किनिएको चिनी साल्ट ट्रेडिङ्गले आफ्ना आउटलेट, खुद्रा बिक्रेता संघ अन्तर्गतका केही पसल तथा खाद्य संस्थानबाट मात्रै बिक्री वितरण गरेपनि उपभोक्ताले लामो लाइन लाग्नुपर्ने अवस्था भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको समन्वयमा सबै खुद्रा व्यापारीले समेत दश बोरा चिनी बिक्री वितरणका लागि किन्न पाउने भएका छन् ।

जलविद्युतमा लगानी गर्न अन्तर्राष्ट्रिय व्यवसायीलाई राष्ट्रपतिको सुझाव सोमबार, कात्तिक २०, २०८० राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको जलविद्युतमा लगानी गर्न अन्तर्राष्ट्रिय समुदाय र उद्यमी व्यवसायीलाई जलविद्युतको आग्रह गरेका छन् । नेपालको जलविद्युतमा लगानी गर्न चाहनेका लागि महत्वपूर्ण अवसर रहेको राष्ट्रपति पौडेलले चर्चा गरेका छन् ।

बढ्यो पाउण्ड र युरोको भाउ सोमबार, कात्तिक २०, २०८० जसअनुसार आज, बेलायती पाउण्ड एकको खरिद दर १६४ रुपैयाँ ५५ पैसा र बिक्री दर १६५ रुपैयाँ २९ रुपैयाँ रहेको छ । आइतबारको तुलनामा झन्डै दुई रुपैयाँले पाउण्ड बढेको छ ।

दिल्लीमा जारी वर्ल्ड फुड एक्सपोमा एशियन थाई फूड्सको स्टल, पुगे भारतका लागि नेपाली राजदूत शर्मा आइतबार, कात्तिक १९, २०८० नेपालमा खाजा तथा खानाका रुपमा चाउचाउ खाने प्रवृत्ति बढ्दै गएपछि यसको माग पनि बढ्दै गएको छ । त्यसैलाई मध्यनजर गर्दै एशियन थाई फूड्सले आक्रामक रुपमा आफ्ना उत्पादन बजारमा ल्याइरहेको छ । खाजा र खानामा ‘नुडल्स कल्चर’ विकासको श्रेय पनि एशियन थाई फूड्सलाई जान्छ ।

सुनको असर्फी र चाँदीको सिक्का बिक्री सुरु आइतबार, कात्तिक १९, २०८० नेपाल राष्ट्र बैंकले तिहारलाई लक्षित गर्दै सुनको असर्फी र चाँदीको सिक्का बिक्री सुरु गरेको छ । आइतबारदेखि राष्ट्र बैंक टक्सार महाशाखाले असर्फी र चाँदीका सिक्का बिक्री सुरु गरेको हो ।
आज सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार? आइतबार, कात्तिक १९, २०८० नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य शुक्रबार कै मूल्य एक लाख १५ हजार ९ सय रुपैयाँ कायम रहेको छ ।

भूकम्पपीडितलाई राहतः अहिलेसम्म १५ करोड ३९ लाख घोषणा, आश्वासन जुट्दै आइतबार, कात्तिक १९, २०८० जाजरकोट क्षेत्रमा भूकम्पबाट भएको जनधनको क्षतिमा राहत सहयोग गर्न प्रतिष्पर्धा जस्तै देखिएको छ । मित्र राष्ट्रहरू, राजनीतिक दल, व्यवसायी र संस्थाहरूबाट धमाधम आर्थिक सहयोगको घोषणा भैरहेको छ । हालसम्म १५ करोड ३९ लाख एघार हजार नगद सहयोगको घोषणा भएको छ ।

नेपाललाई १० करोड बराबरको राहत सामग्री दिने चीनको घोषणा शनिबार, कात्तिक १८, २०८० चीनले जाजरकोट भूकम्प प्रभावितहरुका लागि १० करोड रुपैयाँ बराबरको राहत सामग्री सहयोग गर्ने भएको छ ।नेपालस्थित चिनियाँ दूतावासका अनुसार भूकम्पपछिको पहिलो चरणको सहयोगका रुपमा १०० मिलियन मूल्य बराबरको पाल र ब्ल्यांकेट लगायतका सामग्री उपलब्ध गराउने घोषणा गरेको हो ।