सरकारले गर्यो एडीबीसँग १३ अर्ब ३३ करोड बराबरको ऋण सम्झौताशुक्रबार, मंसिर ८, २०८०

यी हुन् सबैभन्दा धेरै कर तिर्ने कम्पनी बिहीबार, मंसिर ७, २०८० व्यवसाय सञ्चालन गरेबापत राज्यलाई धेरै कर तिर्ने विभिन्न कम्पनी र व्यक्तिलाई आन्तरिक राजश्व विभागले सम्मानित गरेको हो । देशमा व्यवसाय सञ्चालन गरेबापत राज्यलाई कर तिर्न प्रोत्साहन गर्ने लक्ष्यसहित करदातालाई सम्मानित गरिन्छ । आज कर दिवसका अवसरमा आयोजित कार्यक्रममा विभिन्न करदाता कम्पनी र व्यक्तिलाई १६ विधामा सम्मान दिइएको छ ।

नेप्से परिसूचकमा दोहोरो अङ्कको सुधार बुधबार, मंसिर ६, २०८० नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । बुधबार नेप्से परिसूचक २० दशमलव ६७ अङ्कले बढेर एक हजार आठ सय ५० दशमलव ३३ अङ्कमा कायम भएको हो ।

नेपालमै पहिलोपटक बुक बिल्डिङ प्रक्रियाबाट शेयर बिक्री बुधबार, मंसिर ६, २०८० सर्वोत्तम सिमेन्टले बुधबारबाट बुक बिल्डिङ विधिबाट शेयर निष्कासन गरेको हो । कम्पनीले संस्थागत योग्य लगानीकर्ताको लागि २४ लाख कित्ता शेयर जारी गरिरहेको हो । २४ लाख कित्ता शेयर कम्पनीले जारी गर्न लागेको कुल ६० लाख कित्ता शेयरको ४० प्रतिशत हो ।

दाङमा धान उत्पादन बढ्यो बुधबार, मंसिर ६, २०८० यस वर्ष गत वर्षको तुलनामा नौ दशमलव ७५ प्रतिशत धान उत्पादन बढेको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ । गतवर्ष एक लाख ५३ हजार चार सय ६३ मेट्रिक टन धान उत्पादन भएकामा यस वर्ष एक लाख ५८ हजार सात सय मेट्रिक टन धान उत्पादन भएको कार्यालयले जनाएको छ ।

सुधार देखिए पनि अर्थतन्त्र अझै दबाबमा छ : प्रधानमन्त्री प्रचण्ड मंगलबार, मंसिर ५, २०८० प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको अर्थतन्त्र अझै दबाबमा रहेको बताएका छन् । मंगलबार सिंहदरबारमा राजनीतिक दल, निजी क्षेत्र र सरोकारवाला निकायहरूसँग अर्थतन्त्रका समस्या समाधान बारेको छलफलमा उनले अर्थ मन्त्रालय र राष्ट्र बैंकको तथ्याङ्कले सुधारको अवस्थामा देखाए पनि नेपालको अर्थतन्त्र अझै दबाबमा रहेको बताएका हुन् ।

नेप्से परिसूचकमा २३ दशमलब ८२ अङ्कको गिरावट मंगलबार, मंसिर ५, २०८० नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा २३ दशमलव ८२ अङ्कको गिरावट देखिएको छ ।आज नेप्से परिसूचक एक दशमलव २८ प्रतिशतले घटेर एक हजार आठ सय २९ दशमलव ६५ को बिन्दुमा कायम भएको हो ।

चार महिनामा १२ अर्ब ३७ करोड रुपैयाँको बिजुली निर्यात मंगलबार, मंसिर ५, २०८० नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्षको चार महिनामा १२ अर्ब ३७ करोड रुपैयाँ बराबरको बिजुली निर्यात गरेको छ । चालु आर्थिक वर्षको साउन, भदौ, असोज र कात्तिक गरी ४ महिनामा १२ अर्ब ३७ करोड रुपैयाँको विद्युत् भारततर्फ निर्यात गरेको हो ।

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक सोमबार, मंसिर ४, २०८० सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक एक दशमलव ३९ अङ्कले बढेर एक हजार आठ सय ५३ दशमलव ४८ अङ्कमा कायम भएको छ । आज दुई सय ८४ कम्पनीको ३३ लाख १९ हजार पाँच सय ५८ कित्ता शेयर ४४ हजार सात सय २७ पटक खरिद बिक्री हुँदा एक अर्ब नौ करोड...
तोलामा २ सयले बढ्यो सुनको मूल्य सोमबार, मंसिर ४, २०८० सोमबार छापावाल सुन प्रतितोला एक लाख १५ हजार ७ सय रुपैयाँ र तेजाबी सुन एक लाख १५ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य भने स्थिर नै रहेर प्रतितोला १ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

बढ्यो युरो र पाउण्डको मूल्य, अरुको के छ? सोमबार, मंसिर ४, २०८० जसअनुसार सोमबार बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ ६८ पैसा र बिक्री दर १६६ रुपैयाँ ४३ पैसा पुगेको छ । युरो एकको खरिद दर १४५ रुपैयाँ ०२ पैसा र बिक्री दर १४५ रुपैयाँ ६८ पैसा रहेको छ ।
अर्थतन्त्र सुधारका लागि प्रधानमन्त्रीले अन्तरनिकायसँग छलफल गर्दै सोमबार, मंसिर ४, २०८० अर्थतन्त्रको अहिलेको अवस्था र चाल्नुपर्ने कदमका विषयमा छलफल गर्न सोमबार अन्तरनिकाय छलफल गर्न लागेका हुन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार सोमबारको छलफलमा अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग, नेपाल राष्ट्र बैंक लगायत सरकारी निकायका प्रतिनिधिको सहभागिता रहने छ ।

२३ पालिकाले बुझाएनन् बजेट विवरण आइतबार, मंसिर ३, २०८० स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ अनुसार गाउँसभा तथा नगरसभामा पेस भएको बजेट असार मसान्तसभित्रै पारित गरिसक्नुपर्ने हुन्छ ।