एनसेलबाट आजियाटा बाहिरिने, शेयर बिक्रीमा राखियो बुधबार, मंसिर १३, २०८०

निरन्तर बढ्दै सुनचाँदीको मूल्य, आज कतिमा भइरहेको छ कारोबार? बुधबार, मंसिर १३, २०८० सोमबारयता प्रत्येक दिन सुनको मूल्य बढेर नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार सुन तोलामा एक लाख १९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो । मङ्गलबारको तुलनामा आज एक हजार ६०० रुपैयाँ बढी हो ।
![बोटलर्स नेपाल र युनिलिभरसहित ८८ कम्पनीलाई सेबोनले सोध्यो स्पष्टीकरण [सूचीसहित]](https://newsgriha.com/uploads/posts/520X390/bottlers-nepal-1701177280.jpg)
बोटलर्स नेपाल र युनिलिभरसहित ८८ कम्पनीलाई सेबोनले सोध्यो स्पष्टीकरण [सूचीसहित] मंगलबार, मंसिर १२, २०८० यस्तै बोर्डमा वित्तीय विवरण नबुझाएका १८ कम्पनीलाई १ लाख रुपैयाँ जरिवाना किन नगर्ने भन्दै प्रश्न गरेको छ । कात्तिक २० गते सञ्चालक समितिको बैठकले ८८ सूचीकृत कम्पनीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेपछि बोर्डले १५ दिनको समय दिँदै स्पष्टीकरण पत्र पठाएको छ ।
सुनको मूल्यमा फेरि नयाँ ऐतिहासिक रेकर्ड कायम, तोलाको कति पुग्यो ? मंगलबार, मंसिर १२, २०८० लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च बिन्दुमा पुगेको हो । सोमबार हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो । उक्त दिन सुन प्रतितोला एक लाख १७ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो । आज सुन प्रतितोला एक लाख १७ हजार सात सय रुपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो...

बजेट प्रतिस्थापन विधेयकमा सांसदहरूको असन्तुष्टि मंगलबार, मंसिर १२, २०८० कोशी प्रदेश सभामा प्रस्तुत बजेट प्रतिस्थापन विधेयकप्रति सांसदहरुले असन्तुष्टि जनाएका छन् । प्रदेश सभा बैठकमा भएको छलफलमा बोल्ने क्रममा उनीहरूले असन्तुष्टि जनाएका हुन् । अघिल्लो सरकारले अध्यादेशबाट ल्याएको बजेट प्रतिस्थापन गर्न ल्याइएको विधेयकप्रति एमाले र सत्तारुढ दलका सांसदहरुले असन्तुष्टि पोखेका हुन् ।

बढ्यो सुनको मूल्य सोमबार, मंसिर ११, २०८० हिजो तोलामा ६०० रुपैयाँले बढेको सुन आज पनि ५०० रुपैयाँले वृद्धि भएको छ । सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख १७ हजार ४०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १६ हजार ८ सय ५० रुपैयाँ कायम छ । हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख १६ हजार...

तेस्रो लगानी सम्मेलन गर्ने सरकारको घोषणा आइतबार, मंसिर १०, २०८० आगामी वैशाख ९ र १० गते काठमाडौँमा लगानी सम्मेलन गर्ने गरी तयारी भइरहेको अर्थमन्त्री डा प्रकाशशरण महतले जानकारी दिए । लगानी सम्मेलनका लागि अर्थमन्त्रीको संयोजकत्वमा निर्देशक समिति छ । उक्त निर्देशक समितिको पहिलो बैठक आइतबार बसेको हो । समितिको बैठकपछि अर्थमन्त्री डा महतले लगानी सम्मेलन आयोजना हुनेबारे जानकारी दिए ।

नेप्से परिसूचकमा उच्च अंकको बृद्धि आइतबार, मंसिर १०, २०८० धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आइतबार भने उच्च अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक ४७ दशमलब ७५ अङ्कले उकालो लागेर एक हजार नौ सय सात दशमलब ९५ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक सात दशमलब...
६ सयले बढ्यो सुनको मूल्य आइतबार, मंसिर १०, २०८० नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।शुक्रवार १ लाख १६ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ६ सयले बढेर तोलामा १ लाख १६ हजार ९ सय रुपैयाँमा पुगेको छ ।

४० करोड रुपैयाँ हिनामिना गरेको आरोपमा अम्बे सहकारीका अध्यक्षसहित ५ जना पक्राउ शनिबार, मंसिर ९, २०८० जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार संस्थाका अध्यक्ष फणीन्द्र मगर सहित शिला गजमेर, राहुल अग्रवाल र कुमार आले पक्राउ परेका हुन् । पक्राउ परेका एक जनाको नाम प्रहरीले खुलाएको छैन । बचतकर्ताको करिब ४० करोड बचत रकम फिर्ता गर्न नसकेपछि पीडितहरूले जिल्ला प्रशासन कार्यालय सुनसरी उजुरी दिएका थिए ।

तिहारमा २४ करोड मूल्य बराबर फूलको कारोबार शुक्रबार, मंसिर ८, २०८० अघिल्लो वर्षको तिहारमा २६ करोडको कारोबार भएको थियो । तर यो वर्ष दुई करोड कम कारोबार भएको हो । यो वर्ष फूलको उत्पादन राम्रो भए पनि मूल्य कम हुँदा गत वर्षको तुलनामा कारोबारमा कमी आएको पुष्प व्यवसायीको छाता संस्था नेपाल फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष मीनबहादुर तामाङले जानकारी दिए ।

साताको अन्तिम दिन सुनको मूल्य घट्यो, चाँदीको बढ्यो शुक्रबार, मंसिर ८, २०८० नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेको छ । महासंघकाअनुसार आजका लागि सुनको मूल्य तोलामा एक लाख १६ हजार ३००, तेजावी सुनको मूल्य एक लाख १५ हजार ७५० रुपैयाँ तोकिएको छ ।

नेपाल लाइफ इन्स्योरेन्स अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित शुक्रबार, मंसिर ८, २०८० नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई भारतको मुम्बईमा आयोजित चौथो आईसीसी इमार्जिंग एसिया इन्स्योरेन्स कन्क्लेभ तथा अवार्ड ,२०२३ समारोहमा नेपालको जीवन बीमा उद्योगमा उत्कृष्ट प्रदर्शनबाट सम्मानित गरिएको छ ।