नेप्से परिसूचकमा उच्च अंकको बृद्धि
काठमाडौं— धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आइतबार भने उच्च अङ्कले उकालो लागेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक ४७ दशमलब ७५ अङ्कले उकालो लागेर एक हजार नौ सय सात दशमलब ९५ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक सात दशमलब ८३ अङ्कले उकालो लागेर तीन सय ६४ दशमलब ८१ म पुगेको छ ।
नेप्सेका अनुसार कूल ६५ लाख ३० हजार छ सय ४३ कित्ता शेयर दुई अर्ब एक करोड १७ लाख ६३ हजार तीन सय ५८ मूल्यमा कारोबार भएको छ ।
प्रकाशित मिति: आइतबार, मंसिर १०, २०८० १५:५३