बढ्यो सुनको मूल्य
काठमाडौं— नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ । सोमबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको हो ।
हिजो तोलामा ६०० रुपैयाँले बढेको सुन आज पनि ५०० रुपैयाँले वृद्धि भएको छ । सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख १७ हजार ४०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १६ हजार ८ सय ५० रुपैयाँ कायम छ । हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख १६ हजार ९०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १६ हजार ३ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, सोमबार चाँदीको बिक्री मूल्य तोलामा १५ रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी महासङ्घका अनुसार आज १५ सय रुपैयाँमा चाँदीको कारोबार भइरहेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १४ सय ८५ रुपैयाँ थियो ।
प्रकाशित मिति: सोमबार, मंसिर ११, २०८० ११:३०