News Griha :: न्यूजगृह
एनसेलबाट आजियाटा बाहिरिने, शेयर बिक्रीमा राखियो  

काठमाडौं—  दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलबाट आजियाटा ग्रुप बाहिरिने भएको छ ।

एक्जिएटा ग्रुपको बोर्ड बैठकले नेपालबाट बाहिरिने निर्णय गरेको हो ।

एनसेलमा आजियाटा ग्रुपको ८० प्रतिशत शेयर रहेको छ। आजियाटा ग्रुपका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक विवेक सुदले बोर्डले नेपालबाट बाहिरिने निर्णय गरेको जानकारी दिए । उनले नेपालमा रहेको ग्रुपको ८० शेयर बिक्रीको लागि राखिएको बताएका छन् ।

‘हाम्रो निर्णयले आजियाटालाई थप मजबुत बनाउने छ। हाम्रा रणनीतिलाई प्राथमिकता दिने र शेयर होल्डरलाई दीर्घकालीन फाइदा हुने छ,’ सुदले भने।

प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८०  १३:१९
Weather Update