News Griha :: न्यूजगृह
सुनको मूल्यमा नयाँ रेकर्ड, एक लाख १३ हजार ७०० मा कारोबार
सुनको मूल्यमा नयाँ रेकर्ड, एक लाख १३ हजार ७०० मा कारोबार नेपाल सुन चाँदी व्यवसायी महासङ्घकाअनुसार बिहीबार सुनको मूल्य तोलामा एक लाख १३ हजार ७ सय रुपैयाँ कायम भएको छ ।यो हालसम्मकै सबैभन्दा उच्च मूल्य भएको महासङ्घका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए । यस अघि साउन ४ गते छापावाल सुनको मूल्य एक लाख १३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । 
दसैँसँगै शेयर बजारमा उत्साह, बुधबार नेप्से ४३.२७ अङ्कले वृद्धि
दसैँसँगै शेयर बजारमा उत्साह, बुधबार नेप्से ४३.२७ अङ्कले वृद्धि दसैँ सुरु भएसँगै शेयर बजार बढ्न लागेको छ । असोज मसान्तमा बैंक ब्याज तिर्न र दसैँमा खर्च व्यवस्थापन गर्न शेयर बिक्रीको चाप आउँदा पछिल्लो केही दिन यता लगातार घटेर सोमबार १८५१.४३ को विन्दुमा झरेको नेप्से मंगलबार र बुधबार लगातार दुई कारोबार दिन बढेको हो ।
कर्मचारीलाई इन्धनको सट्टा नगद दिने निर्देशिका जारी [पूर्णपाठसहित]
कर्मचारीलाई इन्धनको सट्टा नगद दिने निर्देशिका जारी [पूर्णपाठसहित] सरकारले ‘सवारी साधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद प्रदान गर्ने निर्देशिका, २०८०’ स्वीकृत गरेको छ । सरकारले इन्धन खर्चमा मितव्ययिता अपनाई सुशासन कायम गर्नका लागि अर्थ मन्त्रालयले निर्देशिका जारी गरेको हो ।  
सुनको मूल्य : तोलामै १३ सय रुपैयाँले बढ्यो
सुनको मूल्य : तोलामै १३ सय रुपैयाँले बढ्यो बुधबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य तोलामा १३ सय र चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेको छ ।
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९२ पैसा र बिक्री दर १३३ रुपैयाँ ५२ पैसा रहेको छ । 
नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि
नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक १३ दशमलव १८ अंकले बढेर एक हजार आठ सय ६४ दशमलव ६२ को बिन्दुमा कायम भएको हो ।
सहुलियत पसलमै छैन चिनी
सहुलियत पसलमै छैन चिनी साल्ट ट्रेडिङ कर्पोरेशन कम्पनी लिमिटेड पोखराका प्रमुख वासुदेव उपाध्यायले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सहुलियत दरको चिनी बिक्री गर्ने निर्णय ढिला गर्दा दसैँमा चिनी आयात हुन नसकेको र दसैँपछि लगत्तै सहुलियत दरको चिनी बिक्री केन्द्रमा आइपुग्ने बताए ।
मुद्रा सञ्चितिले एक वर्षको आयात धान्ने
मुद्रा सञ्चितिले एक वर्षको आयात धान्ने  चालु आर्थिक वर्षको पहिलो दुई महिना अवधिमा चालु खाता र शोधनान्तर स्थिति बचतमा देखिएको छ । त्यस्तै, मुलुकको विदेशी मुद्रा सञ्चितिले एक वर्षको वस्तु तथा सेवा आयात धान्न सक्ने देखिएको छ ।
मूल्यवृद्धि आठ दशमलव १९ प्रतिशत पुग्यो
मूल्यवृद्धि आठ दशमलव १९ प्रतिशत पुग्यो नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो दुई महिनाको तथ्यांकमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ ।राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक अवस्थाको स्थितिअनुसार गत भदौ मसान्तसम्ममा वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति आठ दशमलव १९ प्रतिशत पुगेको छ ।
दुई महिनामा दुई खर्ब २८ अर्ब रेमिट्यान्स भित्रियो
दुई महिनामा दुई खर्ब २८ अर्ब रेमिट्यान्स भित्रियो चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो दुई महिनामा नेपालले करिब साढे दुई खर्ब रेमिट्यान्स भित्र्याएको छ ।नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको गत भदौ मसान्तसम्मको तथ्यांकमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार यो अवधिमा विप्रेषण आप्रवाह २२ दशमलव एक प्रतिशतले बढेर दुई खर्ब २८ अर्ब ३७ करोड...
विदेशमा आर्जन गरेको ज्ञान, सीप र पुँजी स्वदेशमा लगानी गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्रीको आग्रह   
विदेशमा आर्जन गरेको ज्ञान, सीप र पुँजी स्वदेशमा लगानी गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्रीको आग्रह    परराष्ट्रमन्त्री नारायणप्रकाश साउद (एनपी) ले संविधान कार्यान्वयनको गतिले तीव्रता पाएसँगै विकास निर्माणमा पनि प्रगति हुन थालेको बताएका छन् ।
मंगलबार घट्याे सुनकाे मूल्य, चाँदीकाे कति ?
मंगलबार घट्याे सुनकाे मूल्य, चाँदीकाे कति ?  नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार छापावाल सुनको मूल्य  १ लाख ११ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । सोमबार सुन प्रतितोला १ लाख १२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । सोमबारको तुलनामा मंगलबार सुन ४ सय रुपैयाँले घटेको हो ।
Weather Update