News Griha :: न्यूजगृह
विदेशमा आर्जन गरेको ज्ञान, सीप र पुँजी स्वदेशमा लगानी गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्रीको आग्रह   

काठमाडौं— परराष्ट्रमन्त्री नारायणप्रकाश साउद (एनपी) ले संविधान कार्यान्वयनको गतिले तीव्रता पाएसँगै विकास निर्माणमा पनि प्रगति हुन थालेको बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ विश्व सम्मेलनमा उनले विदेशमा आर्जन गरेको ज्ञान, सीप पुँजी र उद्यमशीलता नेपालमा लिएर आउँदा नेपालको विकासका थप ऊर्जा बन्ने अपेक्षा लिएको बताए ।

उनले भने,‘एनआरएनएसँग नेपाली जनताले धेरै अपेक्षा गरेका छन् ।  विदेशमा आर्जन गरेको ज्ञान, सीप पुँजी र उद्यमशीलता नेपालमा लिएर आउँदा नेपालको विकासका थप ऊर्जा बन्ने अपेक्षा लिइएको छ । एनआरएनएसँगको हातेमालो नेपालको विकास र समृद्धिको लागि महत्वपूर्ण हुनेछ ।’

राजनीतिक परिवर्तनपछि संविधान कार्यान्वयनको गतिले तीव्रता पाएसँगै विकास निर्माण अघि बढेको उनको भनाइ छ । उनले आर्थिक विकास र समृद्धिको राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गर्न स्रोत साधनको जोहो गर्दे उपलब्ध स्रोतको परिचालन गर्नुपर्ने अवस्था आएको बताए ।

प्रकाशित मिति: मंगलबार, असोज ३०, २०८०  ११:५०
Weather Update