अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च बिन्दुमामंगलबार, असोज ३०, २०८०

गैँडाकोटका किसान सामूहिक फूल खेतीमा, डेढ लाख खर्च गरेर पाँच लाख आम्दानी सोमबार, असोज २९, २०८० नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोट नगरपालिका–२ मा दिदीबहिनी किसान समूहले पाँच वर्षदेखि सामूहिक फूलखेती गर्दै आएका छन् । स्थानीय महिला समूहमा आवद्ध भई २०७६ सालदेखि सामूहिक फूलखेती गर्दै आएका हुन् ।

नेप्से १८५१ अंकमा झर्यो सोमबार, असोज २९, २०८० धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २३ दशमलव १६ अंकले ओरालो लागेर एक हजार आठ सय ५१ मा सीमित भएको छ ।

अर्थमन्त्री भन्छन्— अर्थतन्त्र लयमा फर्किंदै छ सोमबार, असोज २९, २०८० अर्थमन्त्री डा.प्रकाशशरण महतले अर्थतन्त्र बिस्तारै लयमा फर्किएको दाबी गरेका छन् ।सोमबार काठमाडौंमा महिला आर्थिक पत्रकार संघको औपचारिक उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले अहिले पुरै विश्वनै आर्थिक मन्दीमा रहेको भन्दै नेपालको अर्थतन्त्रमा पनि समस्या देखिएको बताए ।

विद्युत् प्राधिकरणले करिब ६० अर्ब बराबरको आईपीओ निष्कासन गर्ने, प्रतिकित्ता मूल्य कति ? सोमबार, असोज २९, २०८० नेपाल विद्युत् प्राधिकरणले यस वर्ष पनि ‘डबल ए प्लस’ क्रेडिट रेटिङ पाएको छ । इक्रा नेपालले प्राधिकरणको क्रेडिट रेटिङ गरी ‘इक्रा एनपी डबल ए प्लस’ स्तरको रेटिङ प्रदान गरेको हो । अघिल्लो वर्ष पनि प्राधिकरणले सोही रेटिङ पाएको थियो ।डबल ए प्लस रेटिङ प्राप्त गर्ने संस्थाको आफ्नो वित्तीय तथा...

लगनखेलका अधिकांश मासु पसल मापदण्डविपरीत, १० हजार जरिवाना सोमबार, असोज २९, २०८० ललितपुर जिल्ला प्रशासन कार्यालयबाट प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित र सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार सहितको टोली बजार अनुगमनमा जाँदा लगनखेलको इटिटोल र लगनखेल बजारका अधिकांश मासु पसल तथा केही फलफूल तथा जुस पसल मापदण्ड विपरीत चलेको, म्याद नाघेका जुस भेटिएको हो ।

च्याङ्ग्राको मूल्य २५ हजारदेखि ५० हजारसम्म सोमबार, असोज २९, २०८० सप्तमीसम्म ल्याएको च्याङ्ग्रा सबै बिक्री हुनेमा उनी विश्वस्त छन् । यहाँको व्यापारबाट भएको आम्दानीले बझाङ दसैँ धुमधामले मनाउँने उनको योजना छ ।‘सप्तमीसम्म सबै बिक्छ । यसबाट दुई लाख जति नाफा होला की भन्ने सोचेको छु । के थाहा घाटा पनि हुनसक्छ’, उनले भने, ‘अष्टमीतिर घर फर्कने अनि दसैँ मनाउने...
सोमबार घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ? सोमबार, असोज २९, २०८० नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार सुन प्रतितोला १ लाख १२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

नियमित भएन नेपाल-भारत कार्गो रेल सेवा सोमबार, असोज २९, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीले गत जेठ १८ गते भारतको दिल्लीस्थित हैदराबाद हाउसबाट संयुक्त रुपमा कार्गो रेलको उद्घाटन गरेका थिए । भारतको बथनाहाबाट नेपालको बुधनगर हुँदै कटहरीसम्म आउने उक्त कार्गो रेल एकीकृत भन्सार चौकी (आईपीसी) भएर आउने व्यवस्था मिलाइएको छ ।

दसैँका लागि आजदेखि खसी, बोका र च्याङ्ग्रा बिक्री सोमबार, असोज २९, २०८० दसैँका लागि सोमबारदेखि खसी, बोका र च्याङ्ग्रा बिक्री गरिने खाद्य व्यवस्था तथा ब्यापार कम्पनीले जनाएको छ । कम्पनीले आजदेखि सहुलियतमा खसी, बोका र च्याङ्ग्रा बिक्री गर्न लागेको हो ।

आजदेखि नयाँ नोट साट्न पाइने सोमबार, असोज २९, २०८० आजदेखि नयाँ नोट साट्न पाइने भएको छ । दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले सोमबारदेखि नयाँ नोट साट्न थालेको हो । काठमाडौं उपत्यकाभित्र राष्ट्र बैङ्क अन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र विभिन्न वाणिज्य बैङ्कका शाखा मार्फत नयाँ नोट सटही गर्न सकिनेछ ।

आज डलरको भाउ स्थिर, अरुको के छ ? सोमबार, असोज २९, २०८० जसअनुसार आज अमेरिकी डलर आइतबारको तुलनामा स्थिर छ ।अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९३ पैसा र बिक्री दर १३३ रुपैयाँ ५३ पैसा कायम छ । युरो एकको खरिद दर १३९ रुपैयाँ ७२ पैसा र बिक्री दर १४० रुपैयाँ ३५ पैसा रहेको छ ।

पेट्रोलको मूल्य लिटरमै ११ रुपैयाँ घट्यो आइतबार, असोज २८, २०८० नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ घटाएको छ ।