सुनचाँदीको मूल्यमा समान्य गिरावट बुधबार, असोज ३, २०८० आज छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार २५० रुपैयाँ छ । हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख १३ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार ४५० रुपैयाँ थियो ।
तरकारी र फलफूलको आजको मूल्य : किन बढ्यो रातो बन्दाको मूल्य ? बुधबार, असोज ३, २०८० कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मूल्यसूची सार्वजनिक गरेको छ ।जसअनुसार बुधबार नेपाली गोलभेँडा ठूलो प्रतिकेजी न्यूनतम मूल्य ४५, भारतीय ठूलो गोलभेँडा ४०, टनेल गोलभेँडा सानो ५८, गोलभेँडा सानो लोकल ५०, घिउ सिमी लोकल ५०, काउली स्थानिय ९०, आलु रातो ५६, मुडे आलु रातो ५०, भारतीय आलु रातो...
युरोको भाउ बढ्यो, अमेरिकी डलर भने स्थिर बुधबार, असोज ३, २०८० जसअनुसार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९४ पैसा र बिक्री दर १३३ रुपैयाँ ५४ पैसा रहेको छ । युरो एकको खरिद दर १४२ रुपैयाँ ३१ पैसा र बिक्री दर १४२ रुपैयाँ ९५ पैसा पुगेको छ । हिजो युरो एकको खरिद दर १४१ रुपैयाँ ८६ पैसा र बिक्री दर...
तत्व इन्भेस्टमेन्टले बक्यौता नतिरेपछि पशुपति विकास कोषले रद्द गर्यो पार्किङ सम्झौता मंगलबार, असोज २, २०८० पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्रभित्रको सावरीसाधन पार्किङ स्थलको सम्झौता रद्द गरेको छ ।पशुपति क्षेत्रमा पार्किङ व्यवस्थापनको जिम्मा तत्व इन्भेस्टमेन्ट प्रा.लि.ले पाएको भएपनि सम्झौता अनुसारको काम तथा समयमै बक्यौता रकम तीर्न नसकेका कारण उक्त सम्झौता रद्द गरिएको विकास कोषले जनाएको छ ।
काठमाडौं—भक्तपुर सडकमा किन बनाइँदैछ डेडिकेटेड लेन ? मंगलबार, असोज २, २०८० काठमाडौं र भक्तपुरका विभिन्न क्षेत्रमा अहिले धमाधम द्रुत बस सेवाका लागि डेडिकेटेड लेन बनाउने कार्य जारी छ ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार सरकारको द्रुत बस सेवा सञ्चालन गर्ने योजनाअनुसार भोलि बुधबारदेखि सञ्चालन गर्न लागिएको रत्नपार्कदेखि सूर्यविनायकसम्मका लागि बस सेवाको डेडिकेटेड लाइन तयार भइरहेको हो । अहिले पनि ‘रेड मार्क’...
मंगलबार बढ्यो सुनको मूल्य, तोलाको कति ? मंगलबार, असोज २, २०८० मंगलबार एक तोला सुनको मूल्य पाँच सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार सुनको मूल्य १ लाख १३ हजार पुगेको जनाएको छ ।
दुई महिनामा एक खर्ब ३१ अर्ब बजेट खर्च, एक खर्ब ५४ अर्ब राजस्व सङ्कलन सोमबार, असोज १, २०८० सरकारले चालु आवका लागि कूल १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख बराबरको बजेट ल्याएको थियो । सो मध्ये चालु शीर्षकमा रू ११ खर्ब ४१ अर्ब ७८ करोड विनियोजन भएकोमा हालसम्म सात दशमलव ६८ प्रतिशत अर्थात् ८७ अर्ब ६६ करोड ३५ लाख बराबर रहेको छ । पूँजीगत शीर्षकमा दुई...
काभ्रेमा रैथाने बाली प्रवर्द्धन गर्न बजेट अभाव सोमबार, असोज १, २०८० कृषि विभागमार्फत केन्द्रले दुई जिल्लामा यसको पकेट क्षेत्र घोषणा गरी ती क्षेत्रमा कोदो, फापर, लट्टे, कागुनो र जुनेलो खेती गरिएको थियो । रैथाने बालीको उत्पादन वर्षैपिच्छे बढ्दो परिमाणमा पाइएको बताइन्छ ।
साेमबार यी कम्पनीका लगानीकर्ता फाइदामा सोमबार, असोज १, २०८० सोमबार बैंकिङ उपसूचक बाहेक सबै उपसूचक बढे । कारोबार रकम ८७ करोड ४ लाखमा सीमित भएको छ । सोमबार कारोबार भएकामध्ये रिलायबल लाइफ इन्स्योरेन्सको शेयर सर्वाधिक ९ करोड ३९ लाखको कारोबार हुँदा एनआईसी एशिया बैंकको ४ करोड ३४ लाख र साल्ट ट्रेडिङ कर्पोरेसनको ३ करोड ९९ लाख रुपैयाँको शेयर कारोबार...
विश्व बैंकको अनुदानमा बाग्लुङका तीन सडक कालोपत्र गरिने सोमबार, असोज १, २०८० विश्व बैंकको अनुदानमा बाग्लुङ नगरपालिकाका तीन सडक कालोपत्र गरिने भएको छ । वि.सं.२०७७ मा विश्व बैंक र बाग्लुङ नगरपालिकाबीच अनुदानका लागि सम्झौताका गरिएको थियो । सम्झौता अनुसार ५८ करोड रकम अनुदानमार्फत पूर्वाधार र सामाजिक विकासमा खर्च गरिनेभएको हो ।
हात्तीले धानबाली नष्ट गरेपछि झापाका किसान कागती खेतीमा सोमबार, असोज १, २०८० दैनिक हुल बाँधेर आउने जंगली हात्तीले धानबाली नष्ट गर्न थालेपछि झापाका किसानले वैकल्पिक खेतीकाे रुपमा कागतीखेती सुरु गरेका छन् । मेचीनगर नगरपालिका–४ बाहुनडाँगीका अधिकांश किसानले विकल्पमा कागती खेती सुरु गरेका हुन् ।
मुस्ताङमा स्याउ टिप्न सुरु, व्यापारी बगैँचामै पुगे सोमबार, असोज १, २०८० हिमालपारीको जिल्ला भनेर चिनिने मुस्ताङमा आज (असोज १ गते) देखि स्याउ टिप्न सुरु गरिएको छ । मुस्ताङको मार्फा, टुकुचे, कागबेनी, मुक्तिनाथ, झोङ, छुसाङ, चैले लगायतका ठाउँमा लटरम्मै स्याउ फलेका छन् ।