एनआरएनएको लगानी नेपालमा ल्याउन रास्वपा जे गर्न पनि तयार छ : सभापति लामिछाने
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले लगानी सुरक्षाको जिम्मा राज्यको भएको बताएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी र गैरआवासीय नेपाली संघबीचको अन्तरक्रियामा उनले आफ्नो लगानीको सुरक्षाका लागि कुनै नेताको पछि लाग्नुपर्ने अवस्था आउनु दुःखद् भएको बताए ।
‘भोलि तपाईंहरूले लगानी गर्दा तपाईंलाई सुरक्षा दिने राज्यको नीतिको हो, कुनै नेताको होइन । कुनै नेताले तपाईंलाई संरक्षण दिनुपर्ने बाध्यता नबनोस् । देशले लिएको नीतिले तपाईंहरुलाई संरक्षण गरोस्,’ उनले भने ।
उनले सहि नियत, नीति र नेतृत्व बनाएर काम गर्नुपर्ने बताए । एनआरएनएको लगानी नेपालमा ल्याउनको निम्ति जे गर्नुपर्छ राष्ट्रिय स्वतन्त्र पार्टी तयार रहेको उनको भनाइ छ ।
प्रकाशित मिति: बिहीबार, असोज २५, २०८० १३:०६