News Griha :: न्यूजगृह
सरकारी ढिलासुस्तीले पनि नेपालमा लगानी भित्रिन सकेन : चन्द्र ढकाल

काठमाडौं— नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले सरकारी ढिलासुस्तीले गर्दा पनि नेपालमा आशा गरे जस्तो लगानी भित्रिन नसकेको बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित राष्ट्रिय आर्थिक बहस कार्यक्रममा उनले कतै हाम्रो कार्य प्रणालीभित्र पनि विदेशीले यस्तै अप्ठेरो देखेका त छैनन् ? भन्ने प्रश्न उठाए ।

‘नेपालमा संचालित प्रायः सबै बहुराष्ट्रिय कम्पनी राम्रो मुनाफा कमाइ रहँदा पनि नयाँ लगानी आइरहेको छैन । अमेरिकी सरकारले केही समय अघि सार्वजनिक गरेको प्रतिवेदन अनुसार सरकारी ढिलासुस्ती पनि लगानी नआउनुको एउटा कारण देखाएको छ । कतै हाम्रो कार्य प्रणालीभित्र पनि विदेशीले यस्तै अप्ठेरो देखेका त छैनन् ? सम्माननीय प्रधानमन्त्रीज्यू, यदि त्यसो हो भने सुधार आवश्यक छ ।’ उनले भने ।

अर्थतन्त्रमा निराशा एउटा सूचक भएको बताएका उनले यस्ता सूचक हरु बढदै गए अर्थतन्त्र मन्दीमा जाने चेतावनी दिए ।

नेशनल ब्युरो अफ इकोनोमिक रिसर्चका अनुसार लामो समयसम्म आर्थिक गतिविधि सुस्त रहनु पनि आर्थिक मन्दी हो । भन्दै उनले भने,‘सम्माननीय प्रधानमन्त्रीज्यू, करिब डेढ वर्षदेखि सुस्ताएको अर्थतन्त्रमा कसरी मन्दी गहिरिँदै गयो ?’

प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  ११:४५
Weather Update