नेप्से सूचक झण्डै २८ अंकले घट्यो, ३ अर्ब ९४ करोडको कारोबार बिहीबार, चैत १, २०८०

नक्कली सुन धितो राखेर नेपाल बैंकबाट ४ करोड ऋण लिने व्यक्ति पक्राउ बिहीबार, चैत १, २०८० सप्तरीको कञ्चनरूप नगरपालिका– ८ घर भई काठमाडौंको बौद्ध बस्ने ४१ वर्षीय टोकनाथ साहलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बौद्धस्थित हायात होटलबाट पक्राउ गरेको हो। कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीका अनुसार साहले नक्कली सुन धितो राखेर नेपाल बैंक लिमिटेडबाट ४ करोड १४ लाख ८४ हजार रुपैयाँ ऋण लिएका थिए।

राप्रपा नेपालको प्रदर्शनमा प्रहरीले गर्यो लाठीचार्ज बिहीबार, चैत १, २०८० कमल थापा नेतृत्वको र्यालीमा सहभागी नेता कार्यकर्ता र प्रहरीबीच ठेलमठेल भएको हो। सुन्धारामा सवारी आवागमनमा अवरोध भएको भन्दै प्रदर्शनकारीलाई एक लेनमा हिँड्न प्रहरीले आग्रह गरेको थियो। तर, र्याली दुई लेन मै अघि बढेपछि स्थिति असामान्य बनेको हो।

इन्टरपोलबाट रेड नोटिस भएका लागूऔषध कारोबारी राई कुवेतबाट पक्राउ, नेपाल ल्याइयो बिहीबार, चैत १, २०८० लागूऔषध खैरो हेरोइन मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका एकजना फरार प्रतिवादी कुवेतबाट पक्राउ परेका छन्।पक्राउ पर्नेमा इलाम नगरपालिका– १२ घर भएका २९ वर्षीय रोशन राई छन्। उनका अनुसार राईलाई एनसीबी कुवेतको समन्वयमा कुवेतमा पक्राउ गरी सम्बन्धित मुद्दामा कारबाही गर्ने/गराउने प्रयोजनार्थ बिहीबार नेपाल ल्याइएको हो।
उदयपुर जीप दुर्घटनामा मृत्यु भएका चालकको सनाखत बिहीबार, चैत १, २०८० धरानबाट भोजपुरको दक्षिण घोरेटार जाँदै गरेको जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ।जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार दुर्घटनामा परी एक बच्चा, तीन पुरुष र तीन महिलाको मृत्यु भइसकेको छ। को१ज २५९३ नम्बरको जीप बिहीबार १ः३० बजेतिर उदयपुरको बेलका–७ बाखाकुवामा दुर्घटना भएको हो।

चङ्खेली गाउँपालिकाका तत्कालीन अध्यक्षसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा बिहीबार, चैत १, २०८० अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको चङ्खेली गाउँपालिकाका तत्कालीन अध्यक्षसहित नौ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।चङ्खेली–३ ब्याफु खानेपानी मर्मत योजनाका सन्दर्भमा भ्रष्टाचार गरेको अभियोगमा उनीहरूमाथि आयोगले आज मुद्दा दायर गरेको हो। आयोगले तत्कालीन अध्यक्ष बुढाविरुद्ध पाँच लाख १५ हजार रुपैयाँ बराबरको बिगो दाबी गरेको छ। यस्तै प्रमुख प्रशासकीय...

काठमाडौंमा बालिकालाई वेश्यावृत्तिमा लगाएको आरोपमा होटल सञ्चालक पक्राउ बिहीबार, चैत १, २०८० प्रहरीले काठमाडौं गोकर्णेश्वर नगरपालिका–५ शिवचोकस्थित कालिञ्चोक स्टाफ होटल तथा खाजाघरका सञ्चालक हिरन राईलाई पक्राउ गरेको हो। ३८ वर्षीय राईको घर उदयपुर बेलका नगरपालिका– ५ हो। खाजाघरमा बालिकालाई वेश्यावृत्तिमा लगाउने गरेको भन्ने सूचनाका आधारमा मानव बेचबिखन अनुसन्धान ब्युरोबाट खटिएको प्रहरीले राईलाई मङ्गलबार पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो।

संसदमा सोविताको प्रश्न— किसानको रोदन किन सुनिँदैन ? बिहीबार, चैत १, २०८० राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले देशको समग्र कृषि प्रणाली नै संक्रमित त प्रदुषित भएको बताएकी छन्। बिहीबारको प्रतिनिधि सभा बैठकमा उनले कृषिप्रधान भनेर परिचित देशमा किसानहरूको रोदन सरकारले सुन्न नसक्नु दुखद रहेको भन्दै देशको समग्र कृषि प्रणाली नै संक्रमित त प्रदुषित भएको बताइन।

एनआरएनए विवादः समितिले प्रतिवेदन बुझायो, घले समूह महाधिवेशनको तयारीमा बिहीबार, चैत १, २०८० गैर आवासीय नेपाली संघ(एनआरएनए)को ११औं महाधिवेशनका देखिएको विवादका बारेमा सरकारद्वारा गठित छानविन समितिले सरकारलाई प्रतिवेदन बुझाएको छ। करिब ४५ दिन लगाएर गरिएको अध्ययन प्रतिवेदन सरकारलाई बुझाइएको परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृत राईले पुष्टि गरे।

वैशाख—१५ को उपनिर्वाचन गर्न ८ करोड लाग्ने बिहीबार, चैत १, २०८० आगामी उपनिर्वाचन सम्पन्न गर्न करिब ८ करोड खर्च लाग्ने निर्वाचन आयोगले जनाएको छ। मतदान केन्द्र व्यवस्थापन, मतदान, मतपेटिका संकलन, मतगणना र सुरक्षा प्रवन्ध गर्न यति बजेट आवश्यक परेको आयोगको भनाई छ।आयोगले बुधबार अर्थसचिव कृष्णहरि पुष्करलाई बोलाएर उपनिर्वाचन खर्चको सम्बन्धमा छलफल गरेको थियो। अर्थ मन्त्रालयसँग बजेटको अभाव रहेको र स्रोत...

कुवेतमा गाडीको ठक्करले तीन नेपालीको मृत्यु बिहीबार, चैत १, २०८० कुवेतमा भएको सवारी दुर्घटनामा तीन नेपालीले ज्यान गुमाएका छन्। कुवेतको महाबुल्ला क्षेत्रको सिसाइड रोडमा बाटो काट्ने क्रममा सोमबार कारले ठक्कर दिँदा तीन जनाले ज्यान गुमाएका छन्। दुर्घटनामा काठमाडौंका सुजन कार्की, अछामका सुरतबहादुर कठायत र धनुषाका धीर गुर्मछान मगरको ज्यान गएको छ।

मित्रवत सुझाव भन्दै कांग्रेस सांसदले रवि लामिछानेलाई भने: तपाईंलाई दिएको जिम्मेवारी ठूला माछा उम्काउने प्रपञ्च त होइन ? बिहीबार, चैत १, २०८० सघन आरोपबाट घेरिएका गृहमन्त्रीले यस्तै प्रकृतिका अन्य दोषीलाई कसरी कानूनी कारबाहीको दायरामा ल्याउनुहुन्छ? कतै तपाईंको पोजिसनलाई रक्षाकवज बनाएर एक दुई करोडको मात्र अभियोग लागेका तपाईंलाई श्रीखण्डीको भूमिकामा अगाडि सारेर दशौँ अर्बको ठगी गर्ने ठूला माछाहरू उम्काउने प्रपञ्चको जानीनजानी हतियार त बनिरहनुभएको छैन? सभामुखमार्फत मेरा मित्र रवि लामिछानेलाई यति सुझाव दिनु...

धरानबाट भोजपुर जाँदै गरेको जीप दुर्घटना, ७ जनाको मृत्यु बिहीबार, चैत १, २०८० धरानबाट भोजपुर जाँदै गरेको जीप उदयपुरमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ।को १ ज २५९३ नम्बरको जीप उदयपुर र भोजपुरको सिमाना बेलका नगरपालिका, मैनामैनी नजिकै दुर्घटना भएको हो।









