कुवेतमा गाडीको ठक्करले तीन नेपालीको मृत्यु

काठमाडौं— कुवेतमा भएको सवारी दुर्घटनामा तीन नेपालीले ज्यान गुमाएका छन्।
कुवेतको महाबुल्ला क्षेत्रको सिसाइड रोडमा बाटो काट्ने क्रममा सोमबार कारले ठक्कर दिँदा तीन जनाले ज्यान गुमाएका छन्।
दुर्घटनामा काठमाडौंका सुजन कार्की, अछामका सुरतबहादुर कठायत र धनुषाका धीर गुर्मछान मगरको ज्यान गएको छ।
पापाजोन कम्पनीमा कार्यरत उनीहरूलाई कुवेती नागरिकले चलाएको कारले ठक्कर दिएको थियो।
प्रकाशित मिति: बिहीबार, चैत १, २०८० १३:१४













