News Griha :: न्यूजगृह
प्रतिनिधि सभामा आज विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा  छलफल हुने
प्रतिनिधि सभामा आज विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा  छलफल हुने संघीय संसदको प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे सुरु हुनेछ। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा शून्य र विषेश समयमा सांसदहरुलाई बोल्न दिइने छ। साथै बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले ‘संघीय निजामती सेवा विधेयक, २०८०’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि जनाएको विरोधको सूचनालाई...
खोटाङमा डढेलोलेबाट २० लाखभन्दा बढीको क्षति
खोटाङमा डढेलोलेबाट २० लाखभन्दा बढीको क्षति सामुदायिक वनमा लागेको डढेलो गाउँ पस्दा दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेस्थित खिसाकामा घर,  गोठ र पशुचौपाया जलेर नष्ट हुँदा २० लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ। बतासेस्थित डुगुरडुम सामुदायिक वनमा लागेको डढेलोले बुधबार अपराह्न गाउँ पस्दा जीवन राई,सुवास राई तथा ताराकुमार राईको घर नष्ट भएको थियो। 
एट्लेटिको मड्रिड च्याम्पियन्स लिगको क्वाटरफाइनलमा
एट्लेटिको मड्रिड च्याम्पियन्स लिगको क्वाटरफाइनलमा यूईएफए च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब एट्लेटिको मड्रिड क्वाटरफाइनलमा प्रवेश गरेको छ। बुधबार राति भएको खेलमा एट्लेटिको मड्रिडले इटालियन क्लब इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा परिजित गर्यो। राउन्ड अफ सिक्सटीनको दोस्रो लेगमा २–१ को नतिजा निस्किएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जसमा एट्लेटिको मड्रिड ३–२ को जितका साथ अन्तिम आठमा प्रवेश...
६ करोड लगानीमा फार्मेसी खोल्दै काठमाडौं महानगर
६ करोड लगानीमा फार्मेसी खोल्दै काठमाडौं महानगर काठमाडौं महानगरपालिकाले स्वर्णिम योजनाकारुपमा न्यूनतम मूल्यमा औषधि विक्री वितरण गर्ने गरी ‘सुलभ फार्मेसी’ कार्यक्रम सञ्चालन गर्ने भएको छ। महानगरपालिकाको वार्षिक नीति तथा कार्यक्रम र बजेटबमोजिम सो कार्यक्रम कार्यान्वयनका लागि निर्देशिका तयार गरी सुलभ फार्मेसी सञ्चालन गर्न लागिएको हो। महानगरपालिकाले यसवर्ष सो कार्यक्रमका लागि छ करोड रुपैयाँ विनियोजन गरेको छ।
आज विदेशी मुद्राको नेपाली विनिमय दर कति ?
आज विदेशी मुद्राको नेपाली विनिमय दर कति ? नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ २९ पैसा र बिक्री दर १३२ रुपैयाँ ८९ पैसा रहेको छ। बुधबार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ १४ पैसा र बिक्री दर १३२ रुपैयाँ ७४ पैसा रहेको थियो। 
पाँच वर्षमा विकटका ६५९ गर्भवती तथा सुत्केरीको हवाई उद्धार
पाँच वर्षमा विकटका ६५९ गर्भवती तथा सुत्केरीको हवाई उद्धार राष्ट्रपति महिला सशक्तीकरण परियोजनाअन्तर्गतको हवाई उद्धार कार्यक्रमबाट पाँच वर्षको अवधिमा ६५९ गर्भवती तथा सुत्केरीको उद्धार गरिएको छ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट कार्यान्वयन भइरहेको राष्ट्रपति महिला सशक्तीकरण परियोजनाअन्तर्गत राष्ट्रपति महिला उत्थान समन्वय एकाइ प्रमुख नीता शर्माले आर्थिक वर्ष २०७५/७६ देखि चालु आव २०८०/८१ को फागुन २८ सम्ममा सो सङ्ख्यामा...
एन्फालाई कारबाही गर्न खेलकुद मन्त्रालयको निर्देशन, एकै पटक १० पदाधिकारी विदेश भ्रमणमा गएकोमा आपत्ति
एन्फालाई कारबाही गर्न खेलकुद मन्त्रालयको निर्देशन, एकै पटक १० पदाधिकारी विदेश भ्रमणमा गएकोमा आपत्ति युवा तथा खेलकुद मन्त्रालयले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का १० जना पदाधिकारी वैदेशिक भ्रमण गएकामा आपत्ति जनाएको छ। राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २८ को “झ’मा राष्ट्रिय खेलकुद परिषद् (राखेप)को स्वीकृति लिनुपर्नेमा व्यवस्था भएबमोजिम एन्फाले सो प्रक्रिया पूरा नगरी विदेश गएकाले मन्त्रालयले एन्फालाई कारबाही गर्ने राखेपलाई निर्देशन...
पाथीभरामा एकै महिनामा ५५ लाख रुपैयाँ भेटी सङ्कलन
पाथीभरामा एकै महिनामा ५५ लाख रुपैयाँ भेटी सङ्कलन पाथीभरा क्षेत्र विकास समिति ताप्लेजुङले पछिल्लो एक महिनामा पाथीभरा मन्दिरबाट सङ्कलन भएको ५५ लाख रुपैयाँ भेटी सङ्कलन गरेको छ। फागुन महिनामा पाथीभराबाट सङ्कलन भएको ५५ लाख ७० हजार ८८० रुपैयाँ विभिन्न बैंकमा जम्मा गरेको क्षेत्र विकास समितिले जनाएको छ।  फागुनमा जम्मा भएको भेटी रकमबारे बुधबार पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक...
कस्तो छ तपाईंको आजको दैनिकी ? हेर्नुहोस् राशिफल
कस्तो छ तपाईंको आजको दैनिकी ? हेर्नुहोस् राशिफल आज मिति २०८० चैत १ गते बिहीबार। तदअनुसार १४ मार्च २०२४। तपाईंको दैनिकी कसरी बित्नेछ हेर्नुहोस् आजको राशिफल:
मौसम पूर्वानुमान: लुम्बिनीमा हावाहुरी, यी तीन प्रदेशमा वर्षा
मौसम पूर्वानुमान: लुम्बिनीमा हावाहुरी, यी तीन प्रदेशमा वर्षा हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल  कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली  रहेको छ ।
प्रहरी कार्यालयभित्र गोली चलेको घटना: इन्स्पेक्टरलाई कारबाही सिफारिस
प्रहरी कार्यालयभित्र गोली चलेको घटना: इन्स्पेक्टरलाई कारबाही सिफारिस प्रहरी कार्यालयभित्रै गोली चलेको घटनामा छानबिन गर्न गठित समितिले कार्यालय प्रमुख प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठलाई कारबाही गर्न सिफारिस गरेको छ।प्रहरी प्रभाग बलम्बुमा गोली चलेको घटनामा इन्स्पेक्टर श्रेष्ठलाई विभागीय कारबाही गर्न सिफारिस गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकृतले बताए।
विमानस्थलमा खटिएका ५४ प्रहरीलाई एकसाथ हटाइयो, एसएलसी पास गरेकाहरू मात्र खटिने
विमानस्थलमा खटिएका ५४ प्रहरीलाई एकसाथ हटाइयो, एसएलसी पास गरेकाहरू मात्र खटिने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लामो समयदेखि खटिएका ५४ जना प्रहरी अधिकारी एकसाथ हटाइएका छन्।काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले ५ वर्षभन्दा बढी र १६ वर्षसम्म त्यहीँ कार्यरत रहेकाहरूलाई एकसाथ हटाएको हो। उपत्यका प्रहरी प्रमुख एआईजी दीपक थापाले उनीहरूलाई हटाएर नयाँ टोली पठाइसकिएको बताए।
Weather Update