News Griha :: न्यूजगृह
कस्तो छ तपाईंको आजको दैनिकी ? हेर्नुहोस् राशिफल

आज मिति २०८० चैत १ गते बिहीबार। तदअनुसार १४ मार्च २०२४। तपाईंको दैनिकी कसरी बित्नेछ हेर्नुहोस् आजको राशिफल:

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) 
साथीभाइ जुट्नाले काममा उत्साह जाग्नेछ र चाँडै लक्ष्यमा पुग्न सकिनेछ। दिगो काम थालनी हुनुका साथै विशेष उपलब्धि प्राप्त हुनेछ। सेवामूलक काम सम्पादन हुन सक्छ। 

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) 
टाढिएका साथीभाइ नजिकिनेछन्। मेहनतले सफलताको उचाइमा पुर्याउन सक्छ। प्रयत्न गर्दा नयाँ व्यवसाय सञ्चालन गर्न सकिनेछ। पराक्रम बढ्नेछ र प्रतिस्पर्धीहरूलाई पछि पार्न पनि सकिनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) 
तार्किक क्षमता बढ्नेछ भने मिहिनेतले लक्ष्यमा पुर्याउन सक्छ। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ। सानो प्रयत्नले ठूलो काम बन्न सक्छ। कामले सम्मानित स्थान दिलाउनेछ। 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 
विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूको माध्यमबाट राम्रै फाइदा हुनेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। दिगो फाइदा हुने काम सुरु हुनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) 
अध्ययन र पेसामा प्रगति गर्ने समय छ। विद्यार्थीहरूका लागि विशेष उपलब्धि हासिल हुनेछ। मिहिनेतले सफलताको उचाइमा पुर्याउन सक्छ। पहिलेको कमजोर नतिजा पनि सच्याउन सकिनेछ। 

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
व्यापार-व्यवसायमा पनि राम्रो फाइदा हुनेछ। तत्कालको निर्णयले नयाँ काम सुरुवात हुन सक्छ। शुभचिन्तकहरूले साथ दिने हुँदा लक्ष्यअनुसारको उपलब्धि प्राप्त गर्न सकिनेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) 
फाइदा हेर्दा काम बिग्रन सक्छ। हिस्सेदारसँग असमझदारी बढ्नाले सम्झौता समेत टुंगिन सक्छ। अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला। ढिलासुस्तीले हातमा आएको मौका समेत गुम्न सक्छ। 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) 
सगोलको सम्पत्तिमा विवाद आउने तथा भागबन्डा लाग्ने सम्भावना छ। परिस्थितिवश काम अधुरो रहला। नतिजा कमजोर देखिनाले विशेष काम दोहोर्याउनुपर्ने हुन सक्छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) 
रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। आफ्नै प्रयासले अधिकार स्थापित गर्न सकिनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काममा जुट्नाले मनग्य फाइदा हुनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्त हुनेछ। 

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) 
मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। भौतिक साधन जुट्नाले फाइदा हुने काम सुरु हुनेछ। प्रतिस्पर्धीहरू किनारा लाग्नेछन् भने द्वन्द्व र मुद्दामा पनि आफ्नो पक्ष सबल बन्नेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) 
परिवारजनको साथले नयाँ आशा जगाउनेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। कामको चापबाट फुर्सद पाइनेछ। व्यवसायले आम्दानी दिलाउनेछ। 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) 
विभिन्न सहयोग र उपहार हातलागी हुने समय छ। रमाइलो यात्रा गर्ने साइत जुर्नेछ। अतिथिका रूपमा मानसम्मान प्राप्त हुनेछ। एउटै कामबाट दोहोरो लाभ उठाउन सकिनेछ।
राशिको फल जे जस्तो भए पनि तपाईंको मेहनतले नै तपाईंलाई सफल बनाउँछ। नियमित मेहनतका साथ काममा खटिनुहोस् अवश्य सफलता तपाईंका हातमा आउने छ। तपाईंको दिन शुभ बितोस् शुभकामना। 

प्रकाशित मिति: बिहीबार, चैत १, २०८०  ०६:२०
Weather Update