News Griha :: न्यूजगृह
काठमाडौंमा बालिकालाई वेश्यावृत्तिमा लगाएको आरोपमा होटल सञ्चालक पक्राउ

काठमाडौं— काठमाडौंमा बालिकालाई विभिन्न प्रलोभन देखाई वेश्यावृत्तिमा लगाएको आरोपमा प्रहरीले खाजाघर सञ्चालकलाई पक्राउ गरेको छ।

प्रहरीले काठमाडौं गोकर्णेश्वर नगरपालिका–५ शिवचोकस्थित कालिञ्चोक स्टाफ होटल तथा खाजाघरका सञ्चालक हिरन राईलाई पक्राउ गरेको हो। ३८ वर्षीय राईको घर उदयपुर बेलका नगरपालिका– ५ हो।

खाजाघरमा बालिकालाई वेश्यावृत्तिमा लगाउने गरेको भन्ने सूचनाका आधारमा मानव बेचबिखन अनुसन्धान ब्युरोबाट खटिएको प्रहरीले राईलाई मङ्गलबार पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो। 

उक्त स्थानबाट नाबालिका सहित दुई जनालाई प्रहरीले उद्धारसमेत गरेको र पक्राउ परेका राईउपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट सात दिन म्याद थप अनुमति लिइएको ब्युरोले जनाएको छ। 

प्रकाशित मिति: बिहीबार, चैत १, २०८०  १४:१७
Weather Update