News Griha :: न्यूजगृह
टिपर दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते
टिपर दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते दुर्घटनामा परेको टिपर तुन्दी पावर कम्पनीको जलविद्युत् आयोजनाको ठेकेदार कम्पनी रामेछाप शेर्पा कन्ट्रक्सनमा निर्माण सामग्री ढुवानी गर्ने रहेको खुले पनि मृतक र घाइतेको पहिचान नखुलेको वडाध्यक्ष पाइजाले बताए। दुर्घटनामा परेका घाइतेको स्थानीय, प्रहरी र नेपाली सेनाको टोलीले उद्धार गरी चिमखोला स्वास्थ्य चौकीमा उपचारका लागि पुर्याएका हुन्।
नेपालले हङकङलाई दियो १४० रनको लक्ष्य
नेपालले हङकङलाई दियो १४० रनको लक्ष्य एसीसी प्रिमियर कप अन्तरगत तेस्रो स्थानको लागि भइरहेको खेलमा नेपालले हङहङसामु जितका लागि १ सय ४० रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३९ रन बनाएको हो ।
गण्डकीमा मन्त्रीको कार्यविभाजन, मनाङेलाई भौतिक पूर्वाधार मन्त्रालय
गण्डकीमा मन्त्रीको कार्यविभाजन, मनाङेलाई भौतिक पूर्वाधार मन्त्रालय गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रीहरूको कार्यविभाजन गरेका छन्। उनले विनाविभागीय मन्त्रीद्वय हरिबहादुर चुमान र राजीव गुरुङलाई शनिबार जिम्मेवारी तोकेका हुन्।
चोभारमा आगो निभाउन गएको दमकल दुर्घटना, ६ जना गम्भीर घाइते
चोभारमा आगो निभाउन गएको दमकल दुर्घटना, ६ जना गम्भीर घाइते कीर्तिपुरस्थित चोभार डाँडामा भएको आगलागी निभाउन गएको दमकल दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। जनमत पार्टीका राष्ट्रिय वरिष्ठ उपाध्यक्ष अब्दुल खानकै निवास नजिक अज्ञात व्यक्तिले जंगलमा आगो लगाएपछि निभाउने जाने क्रममा दमकल (वरुण यन्त्र) पल्टिएको हो।
२१ रन बनाएर कप्तान पौडेल आउट, नेपालले गुमायो ४ विकेट
२१ रन बनाएर कप्तान पौडेल आउट, नेपालले गुमायो ४ विकेट नेपाले हङकङविरुद्ध ५० रन जोड्दा चौथो विकेट गुमाएको छ।एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानका लागि भएको खेलमा नेपालले खराब सुरुवात गरेको छ।
नेपालले तेस्रो विकेट गुमायो
नेपालले तेस्रो विकेट गुमायो एसीसी प्रिमियर कप अन्तरगत तेस्रो स्थानको लागि भइरहेको खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ। आशिफ शेख ११ बलमा मात्र ५ रन बनाएर आयुश शुक्लाको बलमा आउट भएका हुन्।
हङकङविरुद्ध नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै 
हङकङविरुद्ध नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै  यस खेलमा नेपालले टस जितेको छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ रोजेका छन् । योसँगै हङकङले पहिला बलिङ गर्ने भएको छ ।   
चिनियाँ आईफोनमा ह्वाट्सएप प्रतिबन्ध
चिनियाँ आईफोनमा ह्वाट्सएप प्रतिबन्ध एप्पलले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका दुई ठूला एप हटाइदिएको छ।  समाचार अनुसार एप्पलले आफ्नो एप स्टोरबाट मार्क जुकरबर्गको ह्वाट्सएप र थ्रेड्सलाई हटाइदिएको हो।एप्पलले मेटाका यी दुवै लोकप्रिय एप्सलाई चीन भित्र सञ्चालन हुने एप स्टोरबाट हटाएको जानकारी दिएको छ। एप्पलले चिनियाँ सरकारको निर्देशनमा यस्तो गरेको बताएको छ। 
कोशी प्रदेशका अस्पतालहरूमा रगतको चरम अभाव
कोशी प्रदेशका अस्पतालहरूमा रगतको चरम अभाव कोशी प्रदेशका अस्पतालमा उपचारका लागि भर्ना भएका बिरामीहरूलाई रगत अभाव भएको छ। तत्काल रगत चाहिने बिरामीले पाउन सकिरहेका छैनन्।केही समययता कोशी प्रदेशभरिका अस्पताल एवम् ब्लड बैंकहरूमा रगतको अभाव छ। सबै समूहका रगतको मौज्दात सकिएको प्रादेशिक रक्तसञ्चार सेवा विराटनगरका प्रमुख एवं रक्तसञ्चार सेवा अधिकृत शिवानन्द यादवले बताए।
दूधमा पनि बर्डफ्लुको भाइरस फेला पर्‍यो
दूधमा पनि बर्डफ्लुको भाइरस फेला पर्‍यो पहिलो पटक दूधमा बर्डफ्लुको भाइरस फेला परेको पुष्टि भएको छ। अमेरिकाको टेक्सासमा विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले ‘एच फाइभ एन वान’ बर्ड फ्लु भाइरस संक्रमित जनावरको कच्चा दूधमा धेरै मात्रामा पाइएको जनाएको छ। तर, उक्त भाइरस दूधमा कति समयसम्म टिक्छ भन्ने कुरा स्पष्ट भने नभएको डब्ल्यूएचओले जनाएको छ।
इरान समर्थित पीएमएफको सैन्य शिविरमा हमला, इजरायलले गराएको आशंका
इरान समर्थित पीएमएफको सैन्य शिविरमा हमला, इजरायलले गराएको आशंका इराकको पपुलर मोबिलाइजेसन फोर्स (पीएमएफ) ले शुक्रबार राति आफ्नो काल्सो सैन्य आधारको कमान्ड पोस्टमा ठूलो विस्फोट भएको जनाएको छ। काल्सो सैन्य बेस बगदाद देखि ५० किलोमिटर छ। सुरक्षा स्रोतले विस्फोटको कारण हवाई आक्रमण भएको बताएको छ। यस हमलामा एक १ लडाकुको मृत्यु भएको छ, जबकि ६ सैनिक घाइते भएका छन्,...
पाल्पामा जन्ती बोकेको जीप दुर्घटना
पाल्पामा जन्ती बोकेको जीप दुर्घटना पाल्पाको निस्दी–३, खाँदरमा जिप दुर्घटना हुँदा १० जना घाइते भएको प्रहरीले जनाएको छ। शुक्रबार राति लु १ ज २५३५ नम्बरको जिप जन्ती लिएर निस्दी खाँदरबाट सहलकोटतर्फ जाने क्रममा सो दुर्घटना भएको हो।
Weather Update