News Griha :: न्यूजगृह
नेपालले हङकङलाई दियो १४० रनको लक्ष्य

काठमाडौं— एसीसी प्रिमियर कप अन्तरगत तेस्रो स्थानको लागि भइरहेको खेलमा नेपालले हङहङसामु जितका लागि १ सय ४० रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३९ रन बनाएको हो ।नेपालका लागि फेरि एक पटक दीपेन्द्रसिंह ऐरीले मात्र २९ बलमा सर्वाधिक ४४ रन बनाए ।

उनले यस क्रममा ४ चौका र ३ छक्का हिर्काए ।नेपालले आजको खेलमा पनि खराब सुरुवात गरेको थियो । कुशल भुर्तेल फेरि एक पटक शून्य रनमा आउट भए । त्यसपछि तेस्रो ओभरमा सोमपाल कामी १६ रन बनाएर आउट भए ।

लगत्तै ११ रन बनाएर आशिफ शेख पनि पभेलियन फर्किए । त्यसपछि कप्तान रोहित पौडेल र सन्दीप जोराले नेपालको इनिङ्स सम्हालने प्रयास गरेका थिए। जोराले २३ बलमा २२ रन बनाए भने कप्तान पौडेलले १९ बलमा २१ रन बनाएर आउट भए।

कुशल मल्ल १३ रनको योगदान दिँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्। हङकङका आयुश शुक्लाले ३ तथा अतिक इक्बाल, यासिम मुर्तजा र इशान खानले १–१ विकेट लिए।

प्रकाशित मिति: शनिबार, वैशाख ८, २०८१  १८:०१
Weather Update