News Griha :: न्यूजगृह
गण्डकीमा मन्त्रीको कार्यविभाजन, मनाङेलाई भौतिक पूर्वाधार मन्त्रालय

कास्की— गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रीहरूको कार्यविभाजन गरेका छन्। उनले विनाविभागीय मन्त्रीद्वय हरिबहादुर चुमान र राजीव गुरुङलाई शनिबार जिम्मेवारी तोकेका हुन्।

चुमानले आर्थिक मामिला मन्त्रालय र गुरुङले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी पाएका हुन्।

बाँकी रहेका उद्योग, पर्यटन, वन तथा वातावरण, ऊर्जा, जलस्रोत तथा खानेपानी, कृषि तथा भूमि व्यवस्था मन्त्रालय र सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी भने मुख्यमन्त्री अधिकारीले नै राखेका छन्। 

गत चैत २५ गते मुख्यमन्त्री नियुक्त भएका अधिकारीले सोही दिन चुमान र गुरुङलाई विनाविभागीय मन्त्री नियुक्त गरी तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए। 

मुख्यमन्त्री दाबी गर्नेक्रममा सभामुखलाई समावेश गरेको भन्दै दायर भएको अधिकारीको नियुक्ति विवादमा रहेको छ।  यस विषयमा परेको रिटमा सर्वोच्चले १० गते पूर्ण सुनुवाइ गर्ने भएको छ। 

प्रकाशित मिति: शनिबार, वैशाख ८, २०८१  १७:३०
Weather Update