News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
चिनियाँ आईफोनमा ह्वाट्सएप प्रतिबन्ध

काठमाडौं— एप्पलले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका दुई ठूला एप हटाइदिएको छ।  समाचार अनुसार एप्पलले आफ्नो एप स्टोरबाट मार्क जुकरबर्गको ह्वाट्सएप र थ्रेड्सलाई हटाइदिएको हो।

एप्पलले मेटाका यी दुवै लोकप्रिय एप्सलाई चीन भित्र सञ्चालन हुने एप स्टोरबाट हटाएको जानकारी दिएको छ। एप्पलले चिनियाँ सरकारको निर्देशनमा यस्तो गरेको बताएको छ। 

Prabhu Bank

अब चिनियाँ आईफोनमा ह्वाट्सएप चल्दैन 

चिनियाँ सरकारले एप्पललाई आफ्नो एप स्टोरबाट यी दुई मेटा एप ह्वाट्सएप र थ्रेड्स हटाउन आदेश दिएको थियो। चीनको यो आदेशपछि पनि एप्पलले यस्तो कदम उठाएको हो। एप्पलले शुक्रबार नियाँ एप स्टोरबाट ह्वाट्सएप र थ्रेड्स हटाउने जानकारी दिए पछि नयाँ तरंग उत्पन्न भएको छ।

समाचार अनुसार चिनियाँ सरकारले एप्पललाई आफ्नो देशको सुरक्षाको कारण देखाउँदै यी एपहरू हटाउन आदेश दिएको थियो। तर, मेटाका अन्य तीन एप इन्स्टाग्राम, फेसबुक र मेसेन्जर अझै पनि चीनमा काम भने गरिरहेका छन्। यी तीन एपका साथै एलन मस्कको माइक्रो ब्लगिङ साइट एक्स र युट्युब पनि चीनमा काम गरिरहेका छन्।

पछिल्लो रिपोर्ट अनुसार एप्पलले आफ्नो बयानमा भनेको छ, ‘चीनको साइबर स्पेस प्रशासनले एप स्टोरबाट ह्वाट्सएप र थ्रेड्स हटाउन आदेश दिएको छ,’ एप्पलले आफ्नो विज्ञप्तिमा थप भनेको छ, ‘हामीले जुन देशमा काम गर्छौँ त्यसको नियम पालना गर्नुपर्छ, चाहे हामी उनीहरूको नियमसँग सहमत होस् वा नमानौं।'

यसबारे मेटाबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन। अर्कोतर्फ चीनको सरकारी विभागले पनि यस विषयमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन। अब यो हेर्न बाँकी छ कि मेटाले चिनियाँ सरकारसँग वार्ता गर्छ र यसको एप चीनको एप स्टोरमा पुनः सूचीबद्ध गर्न नियमहरू परिवर्तन गर्छ कि गर्दैन।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, वैशाख ८, २०८१  १४:१७
Weather Update