हामीलाई कसैले कमजोर ठान्ने कुचेष्टा गर्यो भने उथलपुथल हुन्छः माधव नेपाल शनिबार, वैशाख ८, २०८१

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति शनिबार, वैशाख ८, २०८१ पर्यटन विभागका अनुसार सगरमाथा आरोहणका लागि हालसम्म ३३ आरोही समूहका ६५ महिला र दुई सय ८७ पुरुष गरी जम्मा तीन सय ५२ आरोहीले अनुमति लिएका हुन्। हालसम्म ५५ देशका आरोही सगरमाथा आरोहणका लागि आएका छन्।

गुल्मीको विद्युत सबस्टेसनमा आगलागी शनिबार, वैशाख ८, २०८१

काठमाडौंका यी स्थानमा आज ९ घण्टासम्म विद्युत अवरूद्ध हुने शनिबार, वैशाख ८, २०८१ काठमाडौंका विभिन्न स्थानमा आज साढे २ घन्टादेखि ९ घन्टासम्म विद्युत अवरूद्ध हुने भएको छ।नेपाल विद्युत प्राधिकरणका अनुसार जोरपाटी वितरण केन्द्रको मुलपानी फिडर र डांछी फिडर तथा रत्नपार्क वितरण केन्द्रको अनामनगर फिडर अन्तर्गत पर्ने विभिन्न स्थानहरूमा बिजुली काटिने भएको हो।

एसीसी प्रिमियर कपमा तेस्रो स्थानको लागि आज नेपाल र हङकङ खेल्दै शनिबार, वैशाख ८, २०८१ एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानको खेल आज हुँदै छ। तेस्रो स्थानको लागि सेमिफाइनलमा पराजित भएका लागि नेपाल र हङकङ आज खेल्ने भएका छन्।ओमानस्थित ओमान क्रिकेट एकेडेमीमा यो खेल नेपाली समय अनुसार अपराह्न ४:१५ बजेदेखि शुरु हुने छ।

आईपीएलमा लखनउसँग चेन्नई पराजित शनिबार, वैशाख ८, २०८१ इन्डियन प्रिमियर लिग (आईपीएल) मा लखनउ सुपर जाइन्टले चेन्नई सुपर किंग्सलाई ८ विकेटले पराजित गरेको छ।चेन्नईले दिएको १७७ रनको लक्ष्य लखनउले १९ ओभरमा मात्र २ विकेटको क्षतिमा पूरा गरेको हो। लखनउका कप्तान केएल राहुल र क्विन्टन डि ककको अर्धशतक बनाए । उनीहरूले पहिलो विकेटका लागि १३४ रनको साझेदारी गरे।

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा? शनिबार, वैशाख ८, २०८१ वेवारिसे २ जना र ३१ विपन्न गरी ३३ जना बिरामीले काठमाडौं महानगरपालिका क्षेत्रभित्र रहेका विभिन्न अस्पतालहरूबाट निःशुल्क उपचार सेवा लिएका छन्। उनीहरूमध्ये १५ जनाको मिर्गौला डाइलासिस भइरहेको छ। उपचार सेवा लिँदालिँदै २ जना बिरामीको मृत्यु भएको छ। १२ जना डिस्चार्ज भएका छन्। १ जनालाई अर्को अस्पतालमा रिफर गरिएको छ। ३...

एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि, २ हजार ४५४ जना सहभागी हुँदै शनिबार, वैशाख ८, २०८१ नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजदेखि शुरु हुँदै छ। वैशाख १० गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुने बैठकमा २ हजार ४ सय ५४ जना सहभागी हुने भएका छन्। एमालेका महासचिव शंकर पोखरेलले बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने जानकारी दिएका छन्।

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशमा वर्षा हुने शनिबार, वैशाख ८, २०८१ दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी...

पश्चिम नवलपरासीमा आगलागी हुँदा १० घर जलेर नष्ट शुक्रबार, वैशाख ७, २०८१ आगलागीमा ८ वटा बाख्राको जलेर मरेको र १० वटा कच्ची घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुदर्शन पन्थीले बताए। एक्कासि सल्किएको आगोले स्थानीय चन्द्रिका धोबी, राजेश धोबी, बुलाकी धोबी, भिकारी धोबी, चन्ना धोबी, केश मोहमद अन्सारी, मुरिदिन अन्सारी, ईझार अन्सारी, नुरहोद पठान र इदरिस पठानको घर जलेको...

लापसे चेकिङमा पाँच चालक पक्राउ शुक्रबार, वैशाख ७, २०८१ नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागूऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुङ्गाको संयुक्त टोलीले चेक गर्दा लागूपदार्थ सेवन गरी सवारी साधन चलाइरहेको अवस्थामा फेला परेका उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागी प्रहरी वृत्त थानकोट पठाइएको छ।

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी शुक्रबार, वैशाख ७, २०८१ मन्त्रालयले सबै प्रतिष्ठान, विभाग, अस्पताल र केन्द्रहरूका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई कार्यालय समयमा आफ्नो कार्यकक्षमा रहन निर्देशन दिँदै कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरू हाजिरी हेर्दा आफ्नो निकाय वा कार्यालयमा हाजिर भएको तर कार्यकक्षमा खोज्दा नभेटिएको, जसले गर्दा सेवाग्राहीले सेवा नपाएको निर्देशनमा उल्लेख छ।

त्रिभुवन विमानस्थलबाट ८५० ग्राम सुनसहित एक महिला पक्राउ शुक्रबार, वैशाख ७, २०८१ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब ८५० ग्राम सुनसहित एक महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा थाइ एअरलाइन्सको टीजी ३१९ नंको उडानबाट शुक्रबार नेपाल आएकी भारतीय महिला सहिना प्रभिन सुनसहित पक्राउ परेकी हुन्।









