News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
आईपीएलमा लखनउसँग चेन्नई पराजित

काठमाडौं— इन्डियन प्रिमियर लिग (आईपीएल) मा लखनउ सुपर जाइन्टले चेन्नई सुपर किंग्सलाई ८ विकेटले पराजित गरेको छ।

चेन्नईले दिएको १७७ रनको लक्ष्य लखनउले १९ ओभरमा मात्र २ विकेटको क्षतिमा पूरा गरेको हो। लखनउका कप्तान केएल राहुल र क्विन्टन डि ककको अर्धशतक बनाए । उनीहरूले पहिलो विकेटका लागि १३४ रनको साझेदारी गरे।

Prabhu Bank

केएल राहुलले ५३ बलमा ९ चौका र ३ छक्काले ८२ रन बनाए भने डि ककले ४३ बलमा ५ चौका र १ छक्काका साथ ५४ रनको योगदान गरे । निकोलस पुरन २३ र मार्कुस स्टोनिसले ८ रनमा अविजित हुँदै टिमलाई जिताए।

चेन्नईका मुस्ताफिजुर रहमान र मथिसा पथिरानाले एक/एक विकेट लिए। त्यसअघि ब्याटिङ गरेको चेन्नईले ६ विकेटको क्षतिमा १७६ रन बनाएको थियो।

रवीन्द्र जडेजाले सर्वाधिक ५७, अजिन्के रहानेले ३७, मोइन अलीले ३०, महेन्द्रसिंह धोनीले २८ र  र रितुराज गायकवाडले १७ रन बनाए। लखनउका कुर्नाल पाड्याले २, मोसिन खान, यश ठाकुर, रवि विश्नोइ र मार्कुस स्टोइन्सले एक/एक विकेट लिएका थिए।

यो जितसँगै ८ अंक जोडेको  लखनउ पाँचौं स्थानमा छ । समान अंक भए पनि चेन्नई राम्रो रनरेटका कारण तेस्रो स्थानमा छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, वैशाख ८, २०८१  ०७:१७
Weather Update