एसीसी प्रिमियर कपमा तेस्रो स्थानको लागि आज नेपाल र हङकङ खेल्दै
काठमाडौं— एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानको खेल आज हुँदै छ। तेस्रो स्थानको लागि सेमिफाइनलमा पराजित भएका लागि नेपाल र हङकङ आज खेल्ने भएका छन्।
ओमानस्थित ओमान क्रिकेट एकेडेमीमा यो खेल नेपाली समय अनुसार अपराह्न ४:१५ बजेदेखि शुरु हुने छ। शुक्रबार सम्पन्न दोस्रो सेमिफाइनलमा हङकङ ओमानसँग पराजित भएपछि तेस्रो स्थानको लागि नेपालसँग खेल्ने भएको हो।
यसअघि शुक्रबार नै सम्पन्न पहिलो सेमिफाइनलमा नेपाल यूएईसँग ६ विकेटले पराजित भएको थियो।
तेस्रो स्थानको विजेताले फाइनलमा पुगेका दुई देशसहित आगामी इमर्जीङ टिम्स एशिया कप खेल्न पाउने छ। त्यस्तै एसीसी प्रिमियरको कपको फाइनलमा भने आयोजक ओमान र यूएई आइतबार खेल्ने छन्।
प्रकाशित मिति: शनिबार, वैशाख ८, २०८१ ०७:३०