News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
चोभारमा आगो निभाउन गएको दमकल दुर्घटना, ६ जना गम्भीर घाइते
घटनास्थल।

काठमाडौं— काठमाडौंको कीर्तिपुरस्थित चोभार डाँडामा भएको आगलागी निभाउन गएको दमकल दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। 

जनमत पार्टीका राष्ट्रिय वरिष्ठ उपाध्यक्ष अब्दुल खानकै निवास नजिक अज्ञात व्यक्तिले जंगलमा आगो लगाएपछि निभाउने जाने क्रममा दमकल (वरुण यन्त्र) पल्टिएको हो। 

Prabhu Bank

दुर्घटनामा चालकसहित ६ जना गम्भीर घाइते भएको खानको निजी सचिवालयले जानकारी दिएको छ। 

प्रहरी वृत्त कीर्तिपुरले पनि दुर्घटनाको पुष्टि गर्दै महानगरपालिकाकै दमकल भएको जानकारी दिएको छ। 

प्रहरीका अनुसार घटना दिउँसो १ बजेको घटना हो। स्थानीयको खबरपछि चोभार जंगलमा लागेको आगो निभाउन काठमाडौं महानगरपालिकाका चारवटा दमकल गएका थिए। त्यस क्रममा एउटा दमकल दुर्घटनामा परेको हो। 

‘आगो त नियन्त्रणमा लिन सफल भयौँ, तर एउटा दमकल दुर्घटना भयो,’ घटनास्थलमा खटिएका एक प्रहरीले भने, ‘आगो नियन्त्रणमा नलिएको भए नजिकै बस्तीलाई भेट्ने खतरा थियो।’

घाइतेहरूको विवरण आउन बाँकी छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, वैशाख ८, २०८१  १७:१८
Weather Update