News Griha :: न्यूजगृह
सलमानको घर बाहिर गोली हान्ने एक आरोपितले हिरासतमा गरे आत्महत्या
सलमानको घर बाहिर गोली हान्ने एक आरोपितले हिरासतमा गरे आत्महत्या बलिउड अभिनेता सलमान खानको मुम्बईस्थित घर बाहिर गोली प्रहार गर्ने एक आरोपितले हिरासतमा आत्महत्या गरेका छन्।समाचार एजेन्सी एएनआईका अनुसार अनुज थापान नामका एक आरोपितले प्रहरी हिरासतमा आत्महत्याको प्रयास गरेपछि उनलाई नजिकैको अस्पताल लगिएको थियो। जहाँ डाक्टरहरूले उनलाई मृत घोषणा गरेका छन्।
लगानी सम्मेलनले जगाएको आशा
लगानी सम्मेलनले जगाएको आशा उल्लेखनीय विदेशी लगानीकर्तासहित दुई हजारभन्दा बढीको सहभागितामा सम्पन्न सम्मेलनले सरकार लगानीमैत्री वातावरण बनाउन तत्पर रहेको र निजी क्षेत्रमा रहेको निराशा चिर्दै सरकारले गरेको सुधारको कामले लगानीको माहोल बनाउने डा खतिवडाको भनाइ छ। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले यस पटकको लगानी सम्मेलनमा निजी क्षेत्र आयोजकको रूपमै रहनु सकारात्मक रहेको...
विकराल बन्दै वन डढेलो, देशभर १६५ ठाउँमा आगलागी
विकराल बन्दै वन डढेलो, देशभर १६५ ठाउँमा आगलागी महाशाखाका मौसमविद् गोविन्द झाले आगामी तीन दिनसम्म मुलुकको केही स्थानमा छिटफुट मात्रै वर्षाको सम्भावना भए पनि डढेलो नियन्त्रण हुनेगरि पानी नपर्ने बताए। 'आगामी तीन दिनसम्म कोशी, गण्डकी, कर्णालीका केही पहाडी भेगमा आंशिक बदलीसहित छिटफुट वर्षाको सम्भावना रहेको छ,' उनले भने, 'तर वन डढेलो नै नियन्त्रण हुने किसिमको पानी पर्ने सम्भावना...
इनार खन्ने क्रममा निसास्सिएर दुई जनाको मृत्यु
इनार खन्ने क्रममा निसास्सिएर दुई जनाको मृत्यु भाडाको जग्गा टहरो हालेर बस्दै आएका रामेछाप उमाकुण्ड गाँउपालिका–४ प्रिति घर भएका २८ वर्षीय  सन्देश सुनुवार र निजको काका ४६ वर्षीय दीपक सुनुवारको बुधबार मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका राजन कार्कीले जानकारी दिए। 
टी२० विश्वकप खेल्ने नेपाली टिमको घोषणा, को को परे? 
टी२० विश्वकप खेल्ने नेपाली टिमको घोषणा, को को परे?  टी२० विश्वकप खेल्ने नेपाली टिममा रोहितकुमार पौडेल (कप्तान), आसिफ सेख, कुशल भुर्तेल, अनिल साह, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलसन झा, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जिसी, अविनाश बोहोरा, सागर ढकाल र कमलसिंह ऐरी रहेका छन् ।
 सुहाङको ‘लक्की सेभेन’ मत
 सुहाङको ‘लक्की सेभेन’ मत मत संख्या २७ हजार ७ सय ७२ एउटा सिम्बोल बनेको छ। सुहाङले पाएको यो मत प्राविधिक मूल्याङ्कनको विषय मात्र बन्नु हुँदैन। न यो कुनै दल विशेषको मात्र हक लाग्ने मत हो। यो मतमा युवा पुस्ताको लगानी छ। आशा र भरोसाको पनि सम्बन्ध छ। सुहाङ भलै एमालेका उम्मेदवार हुन् तर प्रतिनिधि...
१२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ७५ वर्षीय वृद्ध पक्राउ 
१२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ७५ वर्षीय वृद्ध पक्राउ  खनालले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पा र प्रहरी चौकी आर्यभन्ज्याङ बाट खटिएको प्रहरीले मंगलबार राति पक्राउ गरेको हो। 
श्रीमतीको हत्या गरेर श्रीमानले गरे प्रहरी समक्ष आत्मसमर्पण
श्रीमतीको हत्या गरेर श्रीमानले गरे प्रहरी समक्ष आत्मसमर्पण उनले आफूले श्रीमती ३५ वर्षीया अनिशा चाहारको हत्या गरेको प्रहरीलाई बताएका छन्। सन्तोषले मंगलबार राति १ बजेतिर श्रीमतीलाई कुटपिट गर्दा मृत्यु भएको बताएका प्रहरी वृत्त बौद्धले जनाएको छ।
काठमाडौं नजिकै भेटियो डाँफे जोडी
काठमाडौं नजिकै भेटियो डाँफे जोडी काठमाडौंबाट करिब १ सय १० किलोमिटरको दूरीमै नेपालको राष्ट्रिय चरा डाँफे हेर्न पाइन्छ भन्ने थाहा पाउँदा कतिपयलाई अपत्यारिलो लाग्दो हो। हामीलाई पनि यस्तै लागेको थियो। तपाईँले देख्नुभएको डाँफे जोडीको तस्बिर दोलखाको डाँङडुँगे डाँडा पनि भनिने लाकुँरीडाँडमा खिचिएको हो। जहाँ काठमाडौंबाट मोटरबाटो हुँदै करिब चार घण्टामै पुग्न सकिन्छ।    
डढेलोले वन जल्यो, नरकुमारीको मन जल्यो 
डढेलोले वन जल्यो, नरकुमारीको मन जल्यो  तीन सन्तानकी आमा नरकुमारी खत्रीको दैनिक घर खर्च धान्ने एउटै माध्यम थियो सालको पात। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेस्थित डाँडाखर्ककी ४२ वर्षीया नरकुमारीले सालको पात बेचेरै पाँच वर्षदेखि जीविका चलाइरहेकी थिइन्। छोराछोरीको पढाइमा लाग्ने सबै खर्च पात बेचेरै जुटाउने गर्थिन्। 
साउन १ गतेदेखि पशुपतिको विद्युतीय शवदाहगृह निःशुल्क 
साउन १ गतेदेखि पशुपतिको विद्युतीय शवदाहगृह निःशुल्क  पशुपति आर्यघाटस्थित विद्युत शवदाह गृहमा आगामी साउन १ गतेदेखि कुनै शुल्क नलाग्ने भएको छ। पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले बुधबार कार्यभार ग्रहण गर्दै विद्युतीय शवदाह निःशुल्क गर्ने निर्णय गरेका हुन्। त्यस्तै उनले सेतो सत्तल गुह्वेश्वरीमा बृहत अन्तर्राष्ट्रिय पुस्तकालय निर्माण गर्ने निर्णय पनि गरेका छन्। 
२९औँ पटक सगरमाथा आरोहण गर्न आधार शिविरमा कामिरिता 
२९औँ पटक सगरमाथा आरोहण गर्न आधार शिविरमा कामिरिता  सगरमाथाको २८ पटक आरोहण गरी विश्व कीर्तिमान बनाएका कामिरिता शेर्पा आफ्नै कीर्तिमानी तोड्ने तरखरमा रहेका छन्। गत वर्ष सगरमाथा चुचुरोमा २८औँ पटक पाइला टेकेका उनी यस वर्ष २९औँ पटक आरोहणको तयारीमा रहेका छन्। सगरमाथा आरोहणका लागि कामिरिता आधार शिविर पुगिसकेका छन्। 
Weather Update