News Griha :: न्यूजगृह
बोरुसिया डर्टमण्डसँग पीएसजी पराजित

काठमाडौं— च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेगमा बोरुसिया डर्टमण्डले झिनो अग्रता बनाउन सफल भएको छ।

बुधबार राति भएको खेलमा टोलीले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई १–० गोलले पराजित गरेको हो।

Prabhu Bank

खेलमा निकलास फुलक्रुगले गरेको एक मात्र गोल निर्णायक बन्यो। उनले खेलको ३६ औँ मिनेटमा घरेलु टोलीका लागि गोल गरे । यो सिजन प्रतियोगितामा उनको तेस्रो गोल थियो।

पहिलो हाफमा खराब प्रदर्शन गरेको पीएसजीले दोस्रो हाफमा बराबरी गोल फर्काउने थुप्रै अवसरहरू गुमाएको थियो। किलियान एम्बाप्पे र अचरफ हाकिमीको प्रहार पोस्टमा लागेको थियो भने डर्टमण्डका लागि फुलक्रुगले पनि दोस्रो गोल गर्ने अवसरबाट चुकेका थिए।

अब दोस्रो लेग पीएसजीको घरेलु मैदानमा आगामी मंगलबार खेलिनेछ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  ०६:०४
राजनीति
विशेष
Weather Update