आईपीएलमा कुन-कुन खेलाडीले के-के पाए अवार्ड? सोमबार, जेठ १४, २०८१

कांग्रेस सभापति देउवाले बोलाए विपक्षी दलको बैठक सोमबार, जेठ १४, २०८१ प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विपक्षी दलको बैठक बोलाएका छन्।मंगलबार बिहान १० बजे संसद् भवनस्थित आफ्नै कार्यकक्षमा बस्नेगरी देउवाले विपक्षी दलको बैठक बोलाएका हुन्।कांग्रेसका साथै राष्ट्रिय प्रजातन्त्र पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाले संयुक्त रूपमा गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समितिको माग...

हलिउड अभिनेता जोनी वाक्टरको गोली हानी हत्या सोमबार, जेठ १४, २०८१ वाक्टरको कार पार्क गरिरहेको स्थानमा रहेको क्यालिटीक कन्भर्टर हटाउन प्रयासरत रहेका तीन व्यक्तिले ३७ वर्षे अभिनेतालाई आक्रमण गरेका थिए। आक्रमणबाट जोनी गम्भीर घाइते भएका थिए। क्यालिटीक कन्भर्टर महँगो मूल्यमा बिक्री हुने फलामको साधन हो।

आरोही निर्मल पुर्जामाथि छानबिन गर्दै पर्यटन विभाग, गलत सूचना दिएको आरोप सोमबार, जेठ १४, २०८१ पर्यटन विभागले सोमबार एक विज्ञप्ति जारी गर्दै पुर्जाले सामाजिक सञ्जालमार्फत गलत जानकारी दिएको भन्दै अहिले सगरमाथा आरोहणका लागि टाँगिएका सबै डोरीमा कुनै समस्या नरहेको दाबी गरेको छ।

ऐँसेलुखर्कमा १५ शय्याको अस्पताल निर्माण गरिँदै सोमबार, जेठ १४, २०८१ जिल्लाको ऐँसेलुखर्क गाउँपालिका–३ बजारमा निर्माणाधीन १५ शय्याको पालिकास्तरीय अस्पतालको अन्तिम चरणमा पुगेको छ।
-(1)-1716812047.jpg)
४० बुँदे माग सम्बोधन नभए आन्दोलन गर्ने राप्रपाको चेतावनी सोमबार, जेठ १४, २०८१ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारलाई बुझाएको ४० बुँदे माग सम्बोधन नभएसम्म आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको छ।सोमबार केन्द्रीय कार्यसमिति बैठकको निर्णय सुनाउँदै पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारलाई पेस गरेको ४० बुँदे माग अहिलेसम्म पनि सम्बोधन नभएको भन्दै माग सम्बोधन नभएसम्म आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको जानकारी दिए।

सहकारी ठगी प्रकरणः प्रधानमन्त्रीसँग छलफलका लागि कांग्रेस नेताहरु बालुवाटारमा सोमबार, जेठ १४, २०८१ सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुनः कांग्रेसका शीर्ष नेताहरुसँग छलफल गर्दैछन्। केहीबेरमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल हुने लागेको हो। आज सभापति शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा बसेको कांग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बैठकपछि कांग्रेस नेताहरु बालुवाटारको छलफलका लागि निस्किएको कांग्रेस सहमहामन्त्री जीवन परियारले जानकारी...
-1716810717.jpg)
सहकारी ठगीमा जोडिएकी सांसद गीता बस्नेतलाई अदालतमा उपस्थित हुन राप्रपाको निर्देशन सोमबार, जेठ १४, २०८१ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सहकारी ठगी प्रकरणमा मुछिएकी सांसद गीता बस्नेतलाई अदालतमा उपस्थित हुन निर्देशन दिएको छ। सोमबार सम्पन्न राप्रपाको केन्द्रीय समिति बैठकले त्यस्तो निर्णय गरेको अध्यक्ष राजेन्द्र लिङ्देनले पत्रकार सम्मेलन गर्दै जानकारी दिए। त्यस्तै राप्रपा बैठकले अन्य सहकारी घोटाला प्रकरणको पनि छानबिन गर्न सरकारसँग माग गरेको छ।
-1710234833.png)
संसदीय छानबिन समितिमा सहमति नभए बजेट पेस हुँदा अवरोध गर्ने कांग्रेसको निर्णय सोमबार, जेठ १४, २०८१ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणको संसदीय छानबिन समितिमा सहमति नभए बजेट पेस हुँदा पनि संसद्मा अवरोध कायमै राख्ने भएको छ। आज कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा बसेको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकले सो निर्णय गरेको हो।
-1716809611.jpg)
म्याग्दीमा ‘मगर भाषा, थाली तथा कौडानाँच’ प्रशिक्षण सोमबार, जेठ १४, २०८१ लोपोन्मुख भाषा, संस्कृति र परम्पराको संरक्षण एवं प्रवर्द्धन गर्दै नयाँ पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्यले म्याग्दीमा ‘मगर भाषा, थाली र कौडानाँच’ प्रशिक्षण सुरु भएको छ।

तेस्रो पटक म्याद थपका लागि सिरोहियालाई अदालत लगियो सोमबार, जेठ १४, २०८१ कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई तेस्रो पटक म्याद थपका लागि अदालत लगिएको छ। नागरिकता प्रकरणमा पक्राउ परेका शिरोहियालाई केहीबेरअघि जिल्ला अदालत धनुषा लगिएको हो।

पत्रकार महासंघको केन्द्रीय कार्यालयमा ताला सोमबार, जेठ १४, २०८१ पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघ विवादमा फसेको छ। नयाँ नेतृत्व चयनका लागि आगामी जेठ २६ गते हुने निर्वाचनको मिति नजिकिँदै गर्दा महासंघ विवादमा फसेको हो।

देशभरका यी स्थानीय तहको बेरुजु शून्य सोमबार, जेठ १४, २०८१ आर्थिक वर्ष २०७९/८० मा पाँच स्थानीय तहको बेरुजू शून्य देखिएको छ। काभ्रेपलान्चोकको महाभारत, पाँचथरको याकवरक, ताप्लेजुङको पाथिभरा याकवरक, धादिङको बेनीघाट रोराङ्ग र ललितपुरको कोन्ज्योसोम गाउँपालिकाको बेरुजू शुन्य देखिएको हो।









