जनताको पैसा हिनामिना हुँदा पनि सरकार मुकदर्शक बन्योः शेखर कोइराला सोमबार, जेठ १४, २०८१

न्यूरोड क्षेत्रको सडक साँघुरो बनाउन लागिएको भन्दै विरोधमा उत्रिए स्थानीय सोमबार, जेठ १४, २०८१ न्यूरोड क्षेत्रको सडक साँघुरो गरेर फुटपाथ बढाउने काठमाडौं महानगरपालिकाको निर्णयविरुद्ध स्थानीय बासिन्दा आन्दोलित भएका छन्। सोमबार महानगरपालिकाको सडक साँघुरो बनाउने काम राम्रो नभएको भन्दै न्यूरोडबासीले आन्दोलन गरेका हुन्। उनीहरूले न्यूरोड गेटबाट भित्रतर्फ न्यूरोड साँघुरो गर्न मिल्दैन, नयाँ सडक बचाउ भन्दै कालो ब्यानरहसित महानगरविरुद्ध प्रदर्शन गरे।

भारत निर्वाचनः भाजपाले ३ सय सिट कटाउने गृहमन्त्री शाहको दाबी सोमबार, जेठ १४, २०८१ भारतको तल्लो सदन लोकसभाको निर्वाचनमा छैटौं चरणको मतदान सकिएको छ। अब अन्तिम सातौँ चरणको मतदान सकिएपछि केही दिनमा मत परिणाम सार्वजनिक गरिने त्यहाँको निर्वाचन आयोगले जनाएको।

कालीगण्डकी करिडोरमा सुक्खा पहिरो, सडक खुल्न एक साता लाग्ने सोमबार, जेठ १४, २०८१ सुक्खा पहिरोका कारण आइतबार रातिदेखि कालीगण्डकी करिडोरको बागलुङ–गुल्मी खण्ड अवरुद्ध भएको छ। बागलुङ र गुल्मीको सिमानामा पर्ने गुल्मीको कालीगण्डकी गाउँपालिका–६ बरलवाको भिरमा गत राति पहिरो खसेको हो।पहिरोले बागलुङ–गुल्मी खण्डअन्तर्गत मालढुङ्गा–अर्बेनी सडक पूर्णरुपमा अवरुद्ध भएको हो। यसअघि फागुन ११ र २६ गते पनि सोही ठाउँमा पहिरो खसेको थियो।
-1716792804.jpg)
एमालेले भन्यो– ओलीविरुद्धका अभिव्यक्तिबारे कांग्रेसले माफी माग्नुपर्छ सोमबार, जेठ १४, २०८१ सत्तारुढ दल नेकपा एमालेका सांसद विष्णु पौडेलले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अभिव्यक्तिबारे कटाक्ष गरेका छन्। पछिल्ला दिनमा सडकदेखि सदनसँग आन्दोलन गरिरहेको कांग्रेसले एमाले अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली जोडिएको गिरीबन्धु टी–स्टेटका विषयमा कुरा उठाइरहेको छ। सर्वोच्चको फैसलाको आधारमा गिरीबन्धु टी–स्टेटको जग्गा साटफेर गर्न दिने ओली नेतृत्वको सरकारको...

आ–आफ्नै अडानले बालुवाटार बैठक निष्कर्षविहीन, साँझ पुनः बस्ने सोमबार, जेठ १४, २०८१ सहकारी ठगी प्रकरणको विषयमा संसदीय छानबिन समितिको कार्यादेशबारे छलफलका लागि बसेको बैठक निष्कर्षविहीन बनेको छ। आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री पुष्ष्कमल दाहालसहित सत्ता र प्रतिपक्षी कांग्रेसका शीर्ष नेताहरुबीच छलफल भएको थियो। तर आजको बैठकमा छलफल सकारात्मक भए पनि सहमति हुन नसकेको कार्यदलका सदस्य समेत रहेका कांग्रेस सांसद् जीवन परियारले...
-1716790454.jpg)
‘पुजार सार्की’ ले जापानमा पायो दर्शकको राम्रो साथ सोमबार, जेठ १४, २०८१ गत बिहीबारबाट रिलिज भएको चलचित्र ‘पुजार सार्की’लाई जापानमा पनि देखाइएको छ। जापानको शोमा एकसाथ १ हजार ५ सय दर्शकले चलचित्र हेरेको आयोजकले दाबी गरेको छ। उक्त शोमा सहभागी हुन नेपालबाट यस चलचित्रका अभिनेता पल शाह र लेखक बिकास सुवेदी टोकियो पुगेका थिए।

गण्डकीका मुख्यमन्त्री अधिकारीविरुद्ध परेको रिटमा सुनुवाइ हुँदै सोमबार, जेठ १४, २०८१ गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीविरुद्ध परेको रिटको सुनुवाइ आज हुँदैछ। यसअघि ‘हेर्दाहेर्दै’ मा राखिएको उक्त रिटको सुनुवाइ आज सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा भइरहेको छ। मुख्यमन्त्री अधिकारीले लिएको विश्वासको मत अवैधानिक रहेको भन्दै नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता सुरेन्द्र पाण्डेले दायर गरेको रिटमा अघिल्लो गत...

चितवन दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या २ पुग्यो सोमबार, जेठ १४, २०८१ नारायणगढ–मुग्लिन सडक खण्डमा आइतबार राति भएको सवारी दुर्घटनामा परी मृत्यु हुनेको संख्या दुई पुगेको छ। मृत्यु हुनेमा प्युठान नौबैईनी गाउँपालिका–३ बस्ने १३ वर्षिय सोयन पुन र ट्रकका सहचालक जिल्ला सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका राम्चेका २१ वर्षीय राजन सुवेदी छन्।

टी–२० विश्वकप अन्तर्गत नेपालले आज क्यानडासँग पहिलो वार्मअप म्याच खेल्ने सोमबार, जेठ १४, २०८१ आईसीसी टी–२० विश्वकप खेल्न अमेरिकामा रहेको नेपाली क्रिकेट टोलीले आज पहिलो वार्मअप म्याच खेल्नेछ। नेपालले क्यानडासँग पहिलो वामअर्प म्याच खेल्न लागेको हो।

खोलाले बगाएर दुईजना बेपत्ता सोमबार, जेठ १४, २०८१ दार्चुलाको मार्मा गाउँपालिकामा खोलाले बगाउँदा दुईजना बेपत्ता भएका छन्।

सुनचाँदीको मूल्य बढ्यो सोमबार, जेठ १४, २०८१ सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ।

अत्यधिक गर्मी बढेपछि विद्यालय ४ दिन बन्द, खोप अभियान स्थगित सोमबार, जेठ १४, २०८१ गर्मी अत्यधिक बढेपछि चितवनको रत्ननगर नगरपालिकाले विद्यालयमा गर्मी बिदा दिएको छ। अत्यधिक गर्मी र ‘लू’ का कारण बालबालिकाको सिकाइ क्रियाकलाप तथा स्वास्थ्यमा असर परेको भन्दै नगरपालिकाले नगरअन्तर्गतका सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालय चार दिन बन्द गर्ने निर्णय गरेको छ।


-1716795610.jpg)






