News Griha :: न्यूजगृह
एमालेले भन्यो– ओलीविरुद्धका अभिव्यक्तिबारे कांग्रेसले माफी माग्नुपर्छ 

काठमाडौं— सत्तारुढ दल नेकपा एमालेका सांसद विष्णु पौडेलले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अभिव्यक्तिबारे कटाक्ष गरेका छन्। 

पछिल्ला दिनमा सडकदेखि सदनसँग आन्दोलन गरिरहेको कांग्रेसले एमाले अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली जोडिएको गिरीबन्धु टी–स्टेटका विषयमा कुरा उठाइरहेको छ। 

सर्वोच्चको फैसलाको आधारमा गिरीबन्धु टी–स्टेटको जग्गा साटफेर गर्न दिने ओली नेतृत्वको सरकारको निर्णयविरुद्ध ओलीलाई कारबाही गर्न कांग्रेसले माग गरिरहेको हो। 

सोही प्रकरणको विषयमा कांग्रेसले ओलीमाथि लान्छाना लगाएको भन्दै पूर्व अर्थमन्त्री समेत रहेका नेता पौडेलले खण्डन गरेका हुन्। आज बसेको सत्ता र प्रतिपक्षी दलका शीर्ष नेताहरुको बैठकपछि बालुवाटारमा सञ्चारकर्मीहरुसँग बोल्दै ओलीमाथिको आरोपका विषयमा कांग्रेसले लिखित पत्र क्षमायाचना गर्नुपर्ने र माफी माग्नुपर्ने जिकिर गरे।  

‘कांग्रेसले एमालेका विरुद्धमा एमाले अध्यक्ष केपी शर्मा ओलीको विरुद्धमा टार्गेट गरेर जुन किसिमको अराजनीतिक पूर्वाग्रहीपूर्ण आरोपहरु लगाइरहेको छ, कांग्रेसले यो आरोपकाप्रति लिखितरुपमा क्षमायाचना गर्नुपर्छ सार्वजनिक रुपमा माफी माग्नुपर्छ,’ पौडेलले भने।  त्यस्तै उनले ओलीमाथिको आरोपका विषयमा कांग्रेससँग आफूहरु चुप लागेर बस्ने पक्षमा नरहेको समेत चेतावनी दिए।  

त्यस्तै सहकारी ठगी प्रकरणमा नेपाली कांग्रेस कुनै पनि किसिमको सहमतिको प्रयास नगरिरहेको उनले बताए।  

प्रकाशित मिति: सोमबार, जेठ १४, २०८१  १२:३८
Weather Update