News Griha :: न्यूजगृह
सहकारी ठगी प्रकरणः प्रधानमन्त्रीसँग छलफलका लागि कांग्रेस नेताहरु बालुवाटारमा 
फाइल तस्बिर

काठमाडौं—सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुनः कांग्रेसका शीर्ष नेताहरुसँग छलफल गर्दैछन्। 

केहीबेरमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल हुने लागेको हो। 

आज सभापति शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा बसेको कांग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बैठकपछि कांग्रेस नेताहरु बालुवाटारको छलफलका लागि निस्किएको कांग्रेस सहमहामन्त्री जीवन परियारले जानकारी दिए। 

उनका अनुसार उपसभापति पूर्णबहादुर खड्का, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, महामन्त्री गगन थापा, नेताहरू रमेश लेखक, ज्ञानेन्द्र कार्की र आफू बालुवाटार जान लागेको बताए। 

आजको बूढानिलकण्ठ बैठकमा सहकारी ठगी प्रकरणमा आफूहरुले उठाएको मागबारे सहमति नभए भोलि बजेट पेस हुँदा समेत अवरोध गर्ने निर्णय कांग्रेसले गरेको छ। 

आज बिहान पनि बालुवाटारमा प्रधानमन्त्रीसँग छलफल भएको थियो तर वार्ता निष्कर्षविहीन भएपछि पुनः बैठक बस्न लागेको हो। 

प्रकाशित मिति: सोमबार, जेठ १४, २०८१  १७:५१
Weather Update