-1710234833.png)
काठमाडौं—प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणको संसदीय छानबिन समितिमा सहमति नभए बजेट पेस हुँदा पनि संसद्मा अवरोध कायमै राख्ने भएको छ।
आज कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा बसेको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकले सो निर्णय गरेको हो।
बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए। उनका अनुसार संसदीय छानबिन समितिको कार्यादेशमा आफूहरुले राखेको माग बमोजिम नभए भोलि बजेट पेस हुँदाको समयमा पनि अवरोध कायमै राख्ने कांग्रेसको तयारी रहेको छ।
त्यस्तै आज बिहान संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन बनेको कार्यदलसहित प्रधानमन्त्रीले सत्ता र कांग्रेसका शीर्ष नेताहरुसँग छलफल गरेका थिए। छलफल सकारात्मक भएपनि सहमति भने हुन सकेको छैन।
आज केहीबेरमा पुनः बालुवाटारमा बैठक बस्ने र त्यसले सहमतिको प्रयास खोज्नेछ।