News Griha :: न्यूजगृह
तेस्रो पटक म्याद थपका लागि सिरोहियालाई अदालत लगियो 

काठमाडौं— कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई तेस्रो पटक म्याद थपका लागि अदालत लगिएको छ। 

नागरिकता प्रकरणमा पक्राउ परेका सिरोहियालाई केहीबेरअघि जिल्ला अदालत धनुषा लगिएको हो। 

दोस्रो पटक गत शुक्रबार थप गरिएको तीन दिनको म्याद आज सकिने भएकाले उनलाई तेस्रो पटक म्याद थप गर्न जिल्ला अदालतमा उपस्थित गराइएको हो। 

नागरिकता सम्बन्धी कसुरमा रास्वपाका मधेस प्रदेश सदस्य इन्द्रजित प्रसाद महतोले दिएको जाहेरीको आधारमा सिरोहिया गत मंगलबार पक्राउ परेका हुन्। बुधबार अदालतमा उपस्थित गराइएका उनलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइएको थियो । 

शुक्रबार पुनः तीन तीनको म्याद थपिएको थियो ।

स्वास्थ्यमा समस्या आएको भन्दै उनलाई गत शुक्रबार जनकपुरको काव्या अस्पतालमा भर्ना गरिएको थियो।

प्रकाशित मिति: सोमबार, जेठ १४, २०८१  १६:५९
Weather Update