‘बहुवर्षे शिक्षा नीति’ बनाउने तयारीमा काठमाडौं महानगर मंगलबार, असार ४, २०८१

१८ अंकले घट्यो शेयर बजार मंगलबार, असार ४, २०८१ सार्वजनिक बिदापछि खुलेको शेयर बजारको कारोबार ओरालो लागेको छ। मंगलबार बजार परिसूचक १८.७६ अंकले घट्दै २०७६.४९ को बिन्दुमा रह्यो।

अब संसद्का समितिहरुमा ‘एनजीओ’ का खाजा र सहयोग निषेध मंगलबार, असार ४, २०८१ संघीय संसद्को संस्थागत जानकारी एवं अनुमति बिना कतिपय गैरसरकारी संस्था (एनजीओ÷आईएनजीओ)हरुको संलग्नतामा कार्यक्रम गर्ने र यसबाट कानुन निर्माण एवं निर्णय प्रक्रियामा प्रभाव पार्ने गरेको भन्ने गुनासाहरु सुनिने गरिएको सन्दर्भमा समय समयमा सतर्क गराउँदै आएको भए पनि यस्ता गुनासाहरु पुनः आइरहेको हुँदा यस सम्बन्धमा पुनः ध्यानाकर्षण गराउने भन्ने प्रतिनिधि सभाका सम्माननीय...

कमजोर आर्थिक अवस्थाले मुसहर बालबालिका विद्यालय शिक्षाबाट बञ्चित मंगलबार, असार ४, २०८१ संविधानमा माध्यमिक तहसम्मको शिक्षालाई निःशुल्क पाउने हकलाई सुनिश्चित गरिएको भए पनि नवलपरासी प्रतापपुर गाउँपालिका–६ कठहवाका अधिकांश मुसहर बालबालिका आर्थिक अभावमा विद्यालय जान पाएका छैनन्।

गोसाइँकुण्डमा गङ्गादशहरा स्नान गर्न स्वदेशीदेखि विदेशीको घुइँचो मंगलबार, असार ४, २०८१ यस वर्ष गोसाइँकुण्डमा गङ्गादशहरा स्नान गर्नेहरुको संख्या बढेको छ। गोसाइँकुण्डमा यस वर्ष १ हजार ६ सयभन्दा बढी तीर्थालुले गङ्गादशहरा स्नान गरेको लाङ्टाङ राष्ट्रिय निकुञ्जले जनाएको छ।
-1718702745.jpg)
भ्रष्टाचार विरोधी अभियानका नाममा ठगी गर्ने कथित अभियन्ताको गिरोह पक्राउ मंगलबार, असार ४, २०८१ आफूलाई भ्रष्टाचार विरोधी अभियन्ता हुँ भन्दै गैरकानुनी संस्था खोली ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। ‘बेथिति एवं भष्ट्राचार विरुद्धको अभियान २०८०’ नामक संस्था खोली विभिन्न वडाहरुमा त्यसका शाखा समेत विस्तार गरेर ठगी गर्ने गरेको प्रहरीको अनुसन्धानले देखाएको छ।

पशुपति क्षेत्र विकास कोषले तिलगङ्गा आवास क्षेत्रमा अधिग्रहण भएका संरचना हटाउने मंगलबार, असार ४, २०८१ पशुपति क्षेत्र विकास कोषले काठमाडौं महानगरपालिका–८ तिलगङ्गा ‘बी’ १३ आवास क्षेत्रका अधिग्रहण भएका संरचना हटाउने भएको छ। कोषको गुरुयोजनाका स्वीकृत अवधारणात्मक गुरुयोजनाअनुसार नेपाल सरकारको विसं २०६९ भदौको निर्णयअनुसार गुरुयोजना कार्यान्वयनका क्रममा तिलगङ्गा आवास क्षेत्रका जग्गा तथा पक्की–कच्ची घर, टहरा, गोठ, पर्खाल आदि संरचनासमेत स्थायी रुपले अधिग्रहण गर्ने भई मुआब्जा वितरण...
-1718700997.jpg)
सहकारी ठगी प्रकरणः छानबिन समितिले थाल्यो काम मंगलबार, असार ४, २०८१ सहकारीको रकम अपचलन भएको विषयमा छानबिनका लागि गठित संसदीय विशेष छानबिन समितिको बैठक बसेको छ।अहिले नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको एक हलमा बैठक बसिरहेको छ। यसअघि आइतबार बसेको बैठकले कार्यादेश (टीओआर) अनुसारको कार्यविधि बनाएँसगै छानबिन समितिले थप काम थालेको हो।

झापामा सुरु हुन थाल्यो बाढीको वितण्डा: डुवानले सडकहरु अवरुद्ध मंगलबार, असार ४, २०८१ अविरल वर्षापछि आएको बाढीले झापाका विभिन्न स्थानमा क्षति पुर्याएको छ। खासगरी दक्षिणी झापामा बाढीले धेरै असर गरेको छ। बाढीले कतै सडक अवरुद्ध गरेको छ भने कतै पहिरोले घर बगाएको छ। दक्षिणी झापाका धेरै स्थान डुबानमा पर्दा सयौं नागरिक विस्थापित भएको जिल्लास्थित सुरक्षा अधिकारीहरुले बताएका छन्।
-1717758427.jpg)
गृहमन्त्रीलाई कांग्रेस सांसदको चुनौती– मुटु भए गिरीबन्धु, ओम्नी र यतीको फाइल खोलेर देखाउनुस् मंगलबार, असार ४, २०८१ नेपाली कांग्रेसका सांसद हृदयराम थानीले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई आफूले बोलेको अभिव्यक्तिको जिम्मेवारी लिनुपर्ने बताएका छन्। उनले गिरीबन्धु टी–स्टेट जग्गा छानबिन, केन्टोनमेन्टको घोटाला, ओम्नी र यती तीन प्रकरणको छानबिन गरेर देखाउन चुनौती समेत दिए।
-1714474494.jpg)
छुट्टाछुट्टै हत्या अभियोगमा ८ जना पक्राउ मंगलबार, असार ४, २०८१ बैतडी र सिराहामा छुट्टाछुट्टै हत्या अभियोगमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ। बैतडी, पाटन नगरपालिका–६ पाटन बस्ने ४६ वर्षीय बीरभान विष्टको हत्या गरेको अभियोगमा ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ।

दक्षिणी रुसको तेल भण्डारण ट्याङ्कीमा ड्रोन आक्रमण मंगलबार, असार ४, २०८१ गएराति दक्षिणी रुसको अजोभ शहर नजिकै तेल भण्डारण ट्याङ्कीहरूमा ड्रोन आक्रमण भएको छ। ड्रोन आक्रमणबाट त्यहाँ ठूलो आगलागी भएको स्थानीय अधिकारीहरूले बताएका छन्।

राष्ट्रपतिको स्विटजरल्यान्ड–जर्मनी भ्रमणः वेर्न र बर्लिनसँगको सम्बन्ध सुदृढीकरणमा योगदान मंगलबार, असार ४, २०८१ राष्ट्रपति रामचन्द्र पौडेलबाट हालै सम्पन्न स्विटजरल्यान्डको भ्रमण र जारी संघीय गणतन्त्र जर्मनीको औपचारिक भ्रमणले यी दुई मुलुकसँग नेपालको सम्बन्ध विस्तार तथा नवीकरणमा महत्वपूर्ण योगदान पुगेको छ।









