सुनको मूल्य स्थिर, चाँदीको बढ्यो मंगलबार, असार ४, २०८१

औद्योगिक क्रान्तिमा परेका देशको चुनौती सम्बोधन गर्न प्रधानमन्त्रीको आग्रह मंगलबार, असार ४, २०८१ काठमाडौंमा हुने मङ्गलबारदेखि सुरु भएको ‘आईडीए (अन्तर्राष्ट्रिय विकास सङ्घ) २१ पुनःपूर्ति (रिप्लेनिसमेन्ट)’ बैठकको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले विकासमा चुनौती खेपिरहेका देशहरूलाई सहुलियतपूर्ण वित्तीय सहयोग गरेर विकासको गतिमा अघि बढाउन आग्रह गरेका हुन् ।

वडा कार्यालयको सूचना माग्दा पक्राउ ! मंगलबार, असार ४, २०८१ संविधानले हरेक नागरिकलाई सार्वजनिक सरोकारका सूचनामाथि हक हुने व्यवस्था गरेको छ। कानुनले नागरिकले आफ्नो क्षेत्रका जुनसुकै सार्वजनिक सरोकारका सूचना माग्न, थाहा पाउन र सार्वजनिक गर्न पाउने व्यवस्था गरेको छ। तर काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा भने सूचना माग्नेलाई प्रहरीले पक्राउ गरेको छ।

वेस्टइन्डिजसँग अफगानिस्तान १०४ रनले पराजित मंगलबार, असार ४, २०८१ सुपर–८ को समूह २ मा रहेको वेस्टइन्डिजले इंग्ल्यान्ड र समूह १ मा रहेको अफगानिस्तानले इन्डियासँग पहिलो खेल खेल्ने छन्।

रास्वपाको सय दिन: सहकारीले घेराबन्दीमा, भरोसा टुट्दै मंगलबार, असार ४, २०८१ नयाँ सत्ता समीकरण बनेको १०० दिन पुग्दै छ। सरकारले सोचे जस्तो कम गर्न नसकेको र खासगरी आम जनताको जीवनस्तरमा फरक पर्ने कम गर्न नसकेको भन्दै आलोचना भइरहेका बेला नयाँ पार्टीले सरकारमा गएको सय दिनमा के गरे भन्ने प्रश्न आम रुपमा उठेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सरकारमा रहेका उपप्रधान...

बर्डफ्लुबाट अर्को महामारी आउन सक्ने चेतावनी मंगलबार, असार ४, २०८१ विश्वभर बर्डफ्लुका बिरामीहरू तीव्र गतिमा बढिरहेका छन्। यो रोग अमेरिकाका ४८ राज्यका ९ करोडभन्दा बढी कुखुरामा फैलिएको छ। अहिले यो रोग गाईमा पनि पुगेको छ। भारतमा पनि यसका केसहरू बाहिर आइरहेका छन्। अब रोग नियन्त्रण र रोकथाम केन्द्र (सीडीसी) का पूर्व निर्देशक रोबर्ट रेडफिल्डले अर्को महामारी बर्डफ्लुबाट आउन सक्ने दाबी...

गृहमन्त्री लामिछानेविरुद्धको रिटमा आज सुनुवाइ हुँदै मंगलबार, असार ४, २०८१ उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्धको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ।अधिवक्ता अनुपम भट्टराईले गृहमन्त्री लामिछाने पदमा रहेर सहकारी ठगीको छानबिन निष्पक्ष नहुने भन्दै निलम्बनको मागसहित सर्वोच्चमा रिट दायर गरेका थिए।यसअघि जेठ २८ गते न्यायाधीशद्वय मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको इजलासले गृहमन्त्री लामिछानेलाई निलम्बन गर्न माग गरिएको रिटमा रूपन्देही...

पहिरोले डुम्रे–बेँसीसहर सडक अवरुद्ध मंगलबार, असार ४, २०८१ गएरातिदेखिको निरन्तर वर्षाले डुम्रे–बेँसीसहर सडकखण्ड अवरुद्ध भएको छ। बेँसीसहर नगरपालिका–१ दलालमा लेदोसहितको पहिरो जाँदा आज बिहानदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी थानेश्वर चपाइले जानकारी दिए।सडक खुलाउन प्रहरी टोली परिचालन भए पनि पानी निरन्तर परिरहेकाले समस्या भएको उनले बताए।

राहुल गान्धीले छोडेको वायनाड सिटबाट प्रियंका गान्धी चुनाव लड्ने मंगलबार, असार ४, २०८१ कांग्रेसका अध्यक्ष मल्लिकार्जुन खड्गेले राहुल गान्धीले केरलाको वायनाड सिटबाट राजीनामा दिने जानकारी दिएका हुन्। यस बारेमा निर्णय गर्ने आज अन्तिम दिन हो। अब कांग्रेसले वायनाडको उपचुनावमा प्रियंका गान्धीलाई चुनाव लडाउने भएको छ।

अफगानिस्तानलाई वेस्टइन्डिजले दियो २१९ रनको विशाल लक्ष्य मंगलबार, असार ४, २०८१ टस हारेर पहिला ब्याटिङ गरेको वेस्टइन्डिजले निर्धारित ओभरमा ५ विकेट गुमाएर २१८ रन बनायो। सुरुआत भने खास रहेन। आक्रामक सुरुआत गर्ने चक्करमा टिमको स्कोर २२ रन पुगेका बेला ब्रेन्डन किंग ६ बलमा ७ रन बनाएर आउट भएका थिए। त्यसपछि जोनसन चार्लेस र निकोलस पुरन मिलेर पारि अघि बढाए। ८ ओभरमा...

लुक्लामा दश दिनदेखि हवाई उडान ठप्प, पर्यटक मर्कामा मंगलबार, असार ४, २०८१ अत्यधिक हुस्सु र ‘भिजिबिलिटी’ कमजोर हुँदा लुक्लामा जहाज र हेलिकप्टरले उडान भर्न नसकेको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाका एअर ट्राफिक कन्ट्रोलर दिवस दाहालले जानकारी दिए। उनले भने, ‘अहिले सगरमाथा क्षेत्र भ्रमणमा आएका विदेशी तथा स्वदेशी पर्यटक फर्कने सिजन हो । यतिखेर आउने भन्दा फर्किने पर्यटक ज्यादा हुन्छन्, तर मौसमअनुकूल छैन...

पहिरोले साँफे–मार्तडी सडक अवरुद्ध मंगलबार, असार ४, २०८१ पहिरोले सडक पुर्दा साँफे–मार्तडी सडक खण्ड अवरुद्ध भएको छ। सोमबार राति साँफेबगर नगरपालिका–१३ इग्रीखोला नजिकै पहिरो खस्दा सडक अवरुद्ध भएको हो।
![अमेरिकी डलरको मूल्य यथावत रहँदा युरोको बढ्यो [सूचीसहित]](https://newsgriha.com/uploads/posts/exchange-rate-dollor-foren-currency1683941338.jpeg)
अमेरिकी डलरको मूल्य यथावत रहँदा युरोको बढ्यो [सूचीसहित] मंगलबार, असार ४, २०८१ राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ४० पैसा र बिक्रीदर १३४ रुपैयाँ निर्धारण भएको छ। विगत तीन दिनदेखि अमेरिकी डलर यही मूल्यमा कारोबार हुँदै आएको छ।








