News Griha :: न्यूजगृह
अफगानिस्तानलाई वेस्टइन्डिजले दियो २१९ रनको विशाल लक्ष्य

काठमाडौं— आईसीसी टी२० विश्वकप क्रिकेटमा वेस्टइन्डिजले अफगानिस्तानलाई २१९ रनको विशाल लक्ष्य दिएको छ। वेस्टइन्डिज र अफगानिस्तान दुवै जारी विश्वकपको सुपर आठमा प्रवेश गरिसकेका छन्।

टस हारेर पहिला ब्याटिङ गरेको वेस्टइन्डिजले निर्धारित ओभरमा ५ विकेट गुमाएर २१८ रन बनायो। सुरुआत भने खास रहेन। आक्रामक सुरुआत गर्ने चक्करमा टिमको स्कोर २२ रन पुगेका बेला ब्रेन्डन किंग ६ बलमा ७ रन बनाएर आउट भएका थिए। त्यसपछि जोनसन चार्लेस र निकोलस पुरन मिलेर पारि अघि बढाए। ८ ओभरमा १०२ रन पुर्‍याए। जोनसन चार्लेस २७ बलमा ४३ रन बनाएर आउट भए।

उनले ८ चौका प्रहार गरे। एक छेउमा पुरन रहे पनि क्रिजमा आएका साइ होपले १७ बलमा २५ रन बनाएर आउट हुँदा कप्तान रोभमन पावेलले १५ बलमा २६ रन बनाए। पाँचौं विकेटको रुपमा निकोलस पुरन आउट भएका थिए। उनले ५३ बलमा ८ छक्का र ६ चौकाको मद्दतले ९८ रन बनाएर रनआउट भए। आन्द्रे रसेल ३ तथा सेरफन रुथफोर्ड १ रनमा नटआउट रहे।

अफगानिस्तानका गुलावद्दिन नइबले २ विकेट लिँदा अज्मतुल्लाह ओमरजाई र नभिन उल हकले एकएक विकेट लिए। विश्वकपमा वेस्ट इन्डिजले बनाएको २१९ रन नै सर्वाधिक धेरै रन हो। 

प्रकाशित मिति: मंगलबार, असार ४, २०८१  ०८:२०
Weather Update