News Griha :: न्यूजगृह
प्रतिनिधिसभा बैठक मंगलबार पनि, यस्ता छन् कार्यसूची
प्रतिनिधिसभा बैठक मंगलबार पनि, यस्ता छन् कार्यसूची प्रतिनिधिसभाको बैठक मंगलबार पनि बस्दै छ। बिहान ११ बजेका लागि बोलाइएको बैठकमा विनियोजन विधेयक माथिको छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ। 
मनसुन सुस्त गतिमा, देशभर फैलन अझै साता दिन लाग्ने
मनसुन सुस्त गतिमा, देशभर फैलन अझै साता दिन लाग्ने नेपालमा मनसुन भित्रिएको एक साता बितिसक्दा पनि यो प्रणाली सुस्त गतिमा अगाडि बढिरहेको छ। मनसुनी प्रणाली सुस्त गतिमा रहेकाले देशभर फैलिन अझै एक साताभन्दा बढी समय लाग्ने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
वैष्णव सम्प्रदायले आज तुलसीको दल राख्दै
वैष्णव सम्प्रदायले आज तुलसीको दल राख्दै वैदिक परम्पराका अनुयायी स्मार्त (स्मृति मान्ने)हरूले सोमबार नै तुलसीको दल राखेका थिए। पञ्चांगहरूले वैष्णव सम्प्रदायका लागि मंगलबार बिहान तुलसीको दल राख्न निर्देश गरेका छन्। यद्यपि एकादशी तिथि पूरै सोमबार नै थियो। मंगलबार सूर्योदयअघि नै द्वादशी तिथि लागेको छ।  
यी चार प्रदेशमा रातिदेखि नै वर्षा
यी चार प्रदेशमा रातिदेखि नै वर्षा महाशाखाका अनुसार कोशी प्रदेशका केही तथा मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। 
युरोकपमा फ्रान्सको विजयी सुरुवात, एम्बाप्पेको नाक भाँचियो
युरोकपमा फ्रान्सको विजयी सुरुवात, एम्बाप्पेको नाक भाँचियो खेलको ३८औँ मिनेटमा अस्ट्रियाका म्याक्सीमिलियन वोबरले गरेको आत्मघाती गोल नै निर्णायक गोल बनेको थियो। फ्रान्सका केलियन एम्बाप्पेले हानेको बल म्याक्सिमियनले आफ्नै पोष्टमा हानेपछि गोल भएको थियो।
जहाजले 'टेक अफ' लिने बेला जब धावनमार्गमा स्याल देखियो...
जहाजले 'टेक अफ' लिने बेला जब धावनमार्गमा स्याल देखियो... जनकपुरबाट काठमाडौं आउन लागेको बुद्ध एअरको ५०४ जहाज धावनमार्गमा २०० मिटर जति गुडिसकेपछि स्याल देखिएको थियो।
पेट्रोलको पर्खाइ
पेट्रोलको पर्खाइ काठमाडौं उपत्यकामा पेट्रोलियम पदार्थको अभावका कारण सोमबार भद्रकालीस्थित सैनिक कल्याणकारी कोषद्वारा सञ्चालित रिपुमर्दिनी पेट्रोल पम्पमा सवारी चालकको लामो लाइन।
राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपतिबीच भेटवार्ता
राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपतिबीच भेटवार्ता राष्ट्रपति रामचन्द्र पौडेल र जर्मनीका राष्ट्रपति फ्रयाङ्क वाल्टर स्टाइनमायरबीच सोमबार भेटवार्ता भएको छ।
यशोदा फुड्सले भन्यो– भ्रामक सूचना फैलाउनेविरुद्ध कानुनी प्रक्रिया थालिसक्यौँ
यशोदा फुड्सले भन्यो– भ्रामक सूचना फैलाउनेविरुद्ध कानुनी प्रक्रिया थालिसक्यौँ निहित स्वार्थ पूरा गर्न अनावश्यक दुख दिनेविरुद्ध प्रचलित साइबर कानुन लगायतका प्रचलित नेपाल कानुन बमोजिम कारबाही गर्नका लागि उद्योगले आवश्यक पहल कदमी लिइसकेको कम्पनीले जनाएको छ। कम्पनीले विभिन्न स्वादमा करेन्ट चाउचाउ उत्पादन गर्दै आएको छ।
घट्यो देशभरको तापक्रम
घट्यो देशभरको तापक्रम वर्षा हुन थालेपछि काठमाडौंसहित देशभरको तापक्रम घट्न थालेको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार काठमाडौंको अधिकतम तापक्रम ३३.९ डिग्री सेल्सियस मापन गरिएकोमा आज ३०.५ डिग्री सेल्सियसमा झरेको छ।
सुनसहित पक्राउ परेका चिनियाँ नागरिक ग्याल्मोसँग नेपाली नागरिकता 
सुनसहित पक्राउ परेका चिनियाँ नागरिक ग्याल्मोसँग नेपाली नागरिकता  सोमबार बिहान सीआईबीको टोलीले ६ किलो सुनसहित गुरुङलाई बौद्धको तिनचुली बाट  नियन्त्रणमा लिएको हो। उनको साथबाट बरामद सुनको आधिकारिक रुपमा तौल र परीक्षण गर्न बाँकी नै छ। त्यस्तै, उनको साथबाट ४८ लाख नेपाली रुपैयाँ र ३ थान मोबाइल बरामद भएको  छ।
Weather Update