राजेन्द्र लिङ्देनले रोष्टममै च्याते बजेट पुस्तिका मंगलबार, असार ४, २०८१
-1717492437.jpg)
प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको बाटोमा राप्रपा मंगलबार, असार ४, २०८१ हिन्दू राष्ट्र र राजसंस्थालाई केन्द्रमा राखेर राजनीति गरिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको अवधारणालाई अघि सारेको छ। ]राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले देशको वर्तमान निर्वाचन प्रणाली पुनर्विचार गर्नुपर्ने बेला आएको बताउँदै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको अवधारणा अघि सारेका हुन्। मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा उनले मन्त्री र...
-1715324870.jpg)
सडक सञ्जालले पदमार्ग छोटिँदै गएपछि नयाँ पदमार्गको खोजीमा ‘टान’ मंगलबार, असार ४, २०८१ स्थानीय तहले जथाभावी रुपमा मोटरबाटो खन्दा पदमार्ग छोटिँदै गएपछि नयाँ पदमार्गको खोजी सुरु गरिएको छ। झन्डै पाँच दशकदेखि नेपालको पर्वतीय पर्यटनको क्षेत्रमा क्रियाशील ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)ले स्थानीय तहले जथाभावी मोटरबाटो खन्दा पदमार्ग मासिँदै गएको भन्दै आन्तरिक तथा बाह्य पर्यटकका लागि नयाँ पदमार्गको खोजी गरेको हो।

परालको माचमा चट्याङ पर्दा आगलागी मंगलबार, असार ४, २०८१ जिल्लाको झापा गाउँपालिका–३ मा परालको माचमा चट्याङ पर्दा आगलागी भएको छ। गएराति गौरीगाउँस्थित धनप्रसाद पौडेलको दुई बिघा खेतको परालमा वर्षासँगै परेको चट्याङ लागेर आगलागी भएको हो।
-1718350088.jpg)
माग पूरा नभएपछि संसद् सचिवालयका कर्मचारी आज पनि धर्नामा मंगलबार, असार ४, २०८१ संघीय संसद् सचिवालयका कर्मचारीहरुले आज पनि विरोध जनाएका छन्। विभिन्न ११ बुँदे माग राखेर आन्दोलनमा रहेका कर्मचारीहरुले आज नयाँ बानेश्वरस्थित संसद् सचिवालयका महासचिवको कार्यालय घेराउ गरे। उनीहरुले हातमा कालोपट्टी बाँधेर महासचिव पद्मप्रसाद पाण्डेयको कार्यालयमा धर्ना दिएका हुन्।
-1717655237.jpg)
अनौपचारिक क्षेत्रका श्रमिकलाई पनि सामाजिक सुरक्षा ऐनमा समेट्न कांग्रेसको माग मंगलबार, असार ४, २०८१ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अनौपचारिक क्षेत्रका श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा ऐनमा समेट्न सरकारलाई दबाब दिएका छन्। उनले ऐन कार्यान्वयनमा सरकार गम्भीर बन्न ध्यानाकर्षण गराए। मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोलेका महामन्त्री शर्माले सरकारकले ऐन कार्यान्वयन गर्ने भने पनि आगामी वर्षको बजेटमा रकम व्यवस्था नगरेकोमा प्रश्न...

सोनाक्षी र जहीरले कोर्ट म्यारिज गर्ने मंगलबार, असार ४, २०८१ मिडिया रिपोर्टका अनुसार जुन २२ मा इन्गेजमेन्ट हुने र अर्को दिन विवाह र साँझ रिसेप्सन हुने छ।
भौतिक पूर्वाधारमन्त्री महासेठलाई ज्ञानेन्द्र शाहीको प्रश्न– तपाईँ झापा र धनुषाको मात्र मन्त्री हो? मंगलबार, असार ४, २०८१ राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठलाई तपाईँ झापा र धनुषाको मात्र मन्त्री हो भन्दै प्रश्न गरेका छन् ।प्रतिनिधि सभाको मङ्गलबारको बैठकमा विशेष समयमा बोल्दै सांसद शाहीले मन्त्री महासेठले झापा र धनुषामा मात्र बजेट केन्द्रित गरेको आरोप लगाएका छन् ।
-1717758427.jpg)
गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा 'हेर्न नमिल्ने'मा मंगलबार, असार ४, २०८१ गृहमन्त्री रवि लामिछानेलाई निलम्बन माग गरिएको रिटको पेसी न्यायाधीशद्वय मनोजकुमार शर्मा र विनोद शर्माको इजलासमा तोकिए पनि हेर्न नमिल्नेमा परेको छ।अधिवक्ता अनुपम भट्टराईले दर्ता गराएको रिट मंगलबार पहिलो नम्बरमा पेसी तोकिएको थियो ।

चट्याङ लागेर मोरङमा एक किशोरीको मृत्यु मंगलबार, असार ४, २०८१ रतुवामाई नगरपालिका–४ झुर्कियामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। अविरल वर्षासँगै मंगलबार बिहान परेको चट्याङ लागेर १६ वर्षीया विपना महतोको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए।

एकीकृत समाजवादी महाधिवेशनः मतदाता नामावली प्रकाशन हुँदै मंगलबार, असार ४, २०८१ नेपाल प्रज्ञाप्रतिष्ठानको प्रेक्षालयमा हुने दशौँ राष्ट्रिय महाधिवेशनमा मतदान गर्नेको विवरण साँझसम्ममा प्रकाशन गरिने पार्टीका सचिव जीवनराम श्रेष्ठले जानकारी दिए । पार्टी मातहतका सम्बन्धित कमिटीले सोही नामावलीका आधारमा महाधिवेशन प्रतिनिधिका लागि मनोनयन दर्ता, मनोनयन दर्ता भएका उम्मेदवारहरूको सूची असार ५ गते भोलि प्रकाशन गर्ने कार्यतालिका छ।

गृहमन्त्रीलाई निलम्बन माग गरिएको रिट न्यायाधीश शर्माद्वयको इजलासमा मंगलबार, असार ४, २०८१ गृहमन्त्री लामिछानेलाई सहकारी ठगी प्रकरणमा जोडेर निलम्बनको माग रिटमा गरिएको छ। महान्यायाधिवक्ता कार्यालयले गृहमन्त्री लामिछानेलाई सहकारी ठगीमा ‘क्लिनचिट’ देखिने गरी पत्र दिएको थियो। उक्त पत्रमा लामिछानेका विरुद्ध कुनै पनि अदालतमा अभियोग नभएको र अनुसन्धान पनि नभएको भनिएको थियो।

२४ वर्षपछि उत्तर कोरिया जाँदै पुटिन मंगलबार, असार ४, २०८१ रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले २४ वर्षपछि पहिलोपटक उत्तर कोरियाको भ्रमण गर्ने भएका छन्। पुटिनले उत्तर कोरियाली नेता किम जोङ उनसँग राजधानी प्योङयाङमा भेटवार्ता गर्ने भएका छन्।दुई नेताबीच गत वर्ष सेप्टेम्बरमा रुसी शहर भ्लादिभोस्टोकमा पनि भेट भएको थियो। सन् २००० पछि पुटिनले उत्तर कोरियाको भ्रमण गरेको यो पहिलो पटक हो।


-1718696130.jpg)






